• २०८१ बैशाख १३ बिहीबार

सुत्केरीको मृत्यु भएको भन्दै डडेल्धुरा अस्पतालमा आफन्तको प्रदर्शन

kharibot

डडेल्धुरा । चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मृतकका आफन्तले डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा प्रदर्शन गरेका छन् ।

जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिनमा ‘ब्लडिङ’ नरोकिएपछि शुक्रबार मृत्यु भएको थियो ।

शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी ९ दिन अस्पतालमा वेडभर्ना भएकी थिइन् । लगातार ‘ब्लडिङ’ भएपछि शुक्रबार डडेल्धुरा अस्पताल पुगेकी उनलाई अस्पतालले आठ पाउण्ड रगत दिए पनि बचाउन नसकेको एक स्वाथ्यकर्मीले जानकारी दिए । शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको पीडित पक्षको आरोप छ । उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

यता अस्पताल प्रशासनले भने चिकित्सकको लापरबाही वा के कारण मृत्यु भएको भन्नेबारे केही जानकारी दिएको छैन । आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा आंशिक क्षति भएको छ ।

प्रहरी र पीडित पक्षबीच केहीबेर झडपसमेत भएको थियो । उनीहरुले बिरामीको अवस्था गम्भीर हुँदासम्म परिवारका सदस्यलाई जानकारी नदिएको र चिकित्सकहरुले रेफर गर्न नमान्नु कारण अपरेशनमा नै त्रुटि रहेको आफन्तले आंशका व्यक्त गरेका छन् ।

उता जिल्ला प्रहरी कार्यालयले दुवै पक्षबीच सहमति भएको जानकारी दिएको छ । घटनाको अनुसन्धान गरी छानविन गर्नका लागी माथि स्वास्थ्य मन्त्रालयमा लेखेर पठाउने प्रहरीले बताएको छ भने यस विषयमा अमरगढी नगरपालिकाले कार्यपालिकामा राहतको लागी छलफल गर्ने समेत सहमति भएको बताइएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै