• २०८१ बैशाख ६ बिहीबार

रामप्रसाद खनालको पञ्चेबाजाको गीत 'दुलाहा दुलही' सार्वजनिक 

kharibot

काठमाडौँ । अमेरिकाबाट नेपाल आएका, नेपालमा लोक दोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” रिलिज गरेका छन् ।

युट्युबबाट संसारभर एकसाथ रिलिज गरिएको खनालको उक्त पञ्चेबाजाको लोक दोहोरी गीत विशुद्ध मौलिक र स्तरीय पञ्चेबाजा गीत रहेको छ । नेपालमा लोक दोहोरी गीतलाई स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेका खनालको यो गीति एल्बममा उनको आफ्नै शब्द र स्वर रहेको छ भने उनलाई गायनमा अहिलेकी चर्चित लोक गायिका पूर्णकला बिसीले साथ दिएकी छन् ।

त्यस्तै संगीत क्षेत्रका चर्चित हस्ती थानेश्वर गौतमको संगीत र आशिश अबिरलले एरेन्ज गरेको यस गीतमा लोक दोहोरी भिडियो क्षेत्रका सर्बप्रिय कलाकार, निर्देशक र नायक शंकर बिसीले कोरियोग्राफ गरेकाछन् ।

शंकर बिसी र सर्जक खनालले संयुक्त निर्देशन गरेको यो भिडियोमा चर्चित मोडल, डान्सर करिश्मा ढकाल सहितका प्रोफेशनल कलाकारहरुको अभिनय तथा नृत्य रहेको छ ।

यस गीतमा लोकप्रिय र अग्रज हाँस्य कलाकारद्वय किरण केसी र शिवहरी पौडेलको बिशेष अभिनय समेत रहेको छ । खनालको यो पञ्चेबाजाको यो लोक दोहोरी गीत विवाहका बेला र बिबाहको पार्टीमा सदाबहार रुपमा बजाउन र नाच्न मिल्ने प्रकारको छ । 
खनालका हालसम्म ४७ वटा एल्बम प्रकाशन गरिसकेका खनालका १२ सय भन्दा बढी गीतहरु प्रकाशित प्रसारित छन ।

 

पञ्चेबाजाको बिशेष लोक दोहोरी एल्बम “दुलाहा दुलही” को रिलिज सँग सँगै अग्रज लोक गायक खनालले युट्युबमा आफ्नो एकाउन्ट Subscribe गर्नेहरुलाई एक लाख रुपैयाँको पुरस्कारको घोषणा समेत गरेका छन ।

उनले आफ्नो युट्युब एकाउन्ट RAM PRASAD KHANAL ( https://www.youtube.com/user/rampdkhanal/videos?view=0&sort=p&flow=grid&view_as=subscriber ) मा गएर Subscribe गर्ने हरु मध्येबाट लक्की ड्र मार्फत तिनजनालाई प्रथम, द्वितिय र तृतीयलाई पचास हजार, तीस हजार र बीस हजार पुरस्कार प्रदान गरिने छ । उक्त पुरस्कारको घोषणा एकलाख Subscriber नाघ्नासाथ मिडियाहरुबाट गरिने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै