• २०८१ बैशाख १३ बिहीबार

श्रीलंकामाथि अस्ट्रेलियाको सहज जित, कप्तान फिन्चको शतक

kharibot

काठमाडौँ । विश्वकप  क्रिकेट अन्तर्गत अस्ट्रेलियाले श्रीलंकालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले श्रीलंकालाई ८७ रनले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको ३३५ रनको लक्ष्य पछाएको श्रीलंका २४७ रनमा अल आउट भए पछि अस्ट्रेलिया ८७ रनले विजयी भएको हो ।

श्रीलंकाका लागि कप्तान डिमुथ करुनारत्नेले सर्वाधिक ९७ रन बनाए भने कुशल परेराले ५२ रन बनाएका थिए । त्यस्तै कुशल मेन्डिसले ३० रन बनाएर आउट भए भने लाहिरु थिरुमाने र धनन्जय सिल्भाले १६-१६ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर मिचेल स्टार्कले सर्वाधिक ४ विकेट लिए भने केन रिचार्डसनले ३ विकेट लिएका थिए । त्यस्तै पाट कमिन्सले २ विकेट लिए भने जासन बेहरेनड्रोफले एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउदै ३३४ रन बनाएको थियो । अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले शतकिय पारी खेलेका थिए ।

फिन्चले १५३ रनको पारी खेल्दै श्रीलंकालाई ठुलो लक्ष्य दिन सफल भएका थिए । फिन्चले आफ्नो एकदिवसीय क्रिकेट क्यारियरको १४औ शतक बनाए भने उनको यो शतक यस विश्वकपको नवौ शतक हो ।

त्यस्तै स्टिभ स्मिथले ५९ बलमा ७३ को पारी खेले भने ग्लेन म्याक्सवेलले ४६ रनको आक्रामक पारी खेलेका थिए । म्याक्सवेलले २६ बलमा ४६ रन बनाएका थिए । त्यस्तै डेभिड वार्नर २६ रन बनाएर आउट भएका थिए भने उसमान ख्वाजाले १६ रन बनाए ।

श्रीलंकाका बलर इसुरु उदाना र कुशल मेन्डिसले २-२ विकेट लिए भने लातिस मालिंगाले एक विकेट लिएका थिए ।

शतकीय पारी खेलेका अस्ट्रेलियाका कप्तान एरोन फिन्च खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

प्रतियोगितामा यो जितसहित अस्ट्रेलियाले ५ खेलमा ४ जित र एक हारसहित ८ अंक हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा पुगेको छ भने श्रीलंका भने ५ खेलमा ३ खेलमा हर

बेहोरेको छ । एक जित र दुईमा बराबरी ( बर्षाले खेल रद्ध) सहित ४ अंक रहेको छ ।

विश्वकप अन्तर्गत आज चिरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीचको खेल हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै