• २०८१ बैशाख ७ शुक्रबार

विश्वकपमा दक्षिण अफ्रीकाको पहिलो जित

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रीकाले पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा दक्षिण अफ्रीकाले अफगानिस्तानलाई डक वर्थ लुइस नियम अनुसार ९ विकेटको जित हासिल गरेको हो ।

बर्षाले प्रभावित खेलमा अफगानिस्तानको टिम ३४.१ ओभरमा अल आउट हुदै १२५ रनमा अल आउट भएपछि डक वर्थ लुइस नियमअनुसार दक्षिण अफ्रीकाले ४८ ओभरमा १२७ रनको लक्ष्य पाएको थियो ।

सो लक्ष्यलाई दक्षिण अफ्रीकाले २८.४ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । दक्षिण अफ्रीकाका लागि क्वेन्टन डी ककले सर्वाधिक ६८ रन बनाए भने हासिम अमलाले अविजित ४१ रन बनाएका थिए । त्यस्तै एन्डीले फेहलुक्वायोले अविजित १७ रन बनाएका थिए ।

अफगानिस्तानका बलर गुलबदीन नैबले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाए भने नूर अली जरदानले ३२ रन बनाएका थिए । त्यस्तै हजरतुल्लाह जजईले २२ रन बनाए ।

अफगानिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दक्षिण अफ्रीकाका लागि इमरान ताहिरले सर्वाधिक ४ विकेट लिएका थिए । त्यस्तै क्रिस मोरिसले ३ विकेट लिए । त्यस्तै एन्डीले फेहलुक्वायोलेले २ विकेट लिएका थिए ।भने कागीसो रबाडाले एक विकेट लिएका थिए ।

खेलमा ४ विकेट लिएका दक्षिण अफ्रीकाका इमरान ताहिर खेलको प्लेयर अफ द म्याच बनेका थिए ।       

प्रतियोगितामा दक्षिण अफ्रीका आफ्नो पाँचौ खेलमा पहिलो जित हासिल गरेको छ । दक्षिण अफ्रीका ५ खेलमा एक जित, ३ हार र एक बराबरी (वर्षाले रद्ध) सहित ३ अंक हासिल गरेको छ । त्यस्तै अफगानिस्तानले भने लगातार ४ खेलमा हार बेहोरेको छ ।

विश्वकप क्रिकेट अन्तर्गत आज चीरपरिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीच खेल हुदै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै