• २०८१ बैशाख ११ मंगलबार

देशभर गर्मी बढ्यो, काठमाडौँमा वर्षकै उच्च तापक्रम

kharibot

फाइल तस्बीर

काठमाडौँ । अधिकतम तापक्रम वृद्धि भएसँगै काठमाडौँ उपत्यकामा यो वर्षकै बढी गर्मी महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दुई दिनदेखि काठमाडौँको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियस रहेको छ । शनिबार काठमाडौँको अधिकतम तापक्रम ३३ र न्यूनतम तापक्रम १९ दशमलव ४ डिग्री पुगेको छ । त्यस्तै शुक्रबार काठमाडौँको अधिकतम ३३.५ र न्यूनतम १९ डिग्री सेल्सियस थियो । काठमाडौँको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीन-चार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने छ ।

शनिबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२  तथा दाङको ३९ डिग्री सेल्सियस रहेको छ । यसैबीच आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा बदली रही केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै महाशाखाले देशको पूर्वी तथा मध्य भू–भाग र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही एक÷दुई स्थानमा वर्षाको सम्भावना औँल्याएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै