• २०८१ बैशाख ७ शुक्रबार

बाराका आठ पेट्रोल पम्प बन्द

kharibot

बारा । नेपाल आयल निगम अमलेखगंज डिपोले बाराका आठ वटा पेट्रोल पम्पलाई आपुर्ती बन्द गरेको छ ।

पेट्रोल पम्पमा अनियमितता भएको जन गुनाँसो बढे पछि स्थानीय प्रशासनले त्यस्ता पम्प माथि नियमन गरी नेपाल आयल निगमलाई पत्र लेखि ईन्धन आपुर्ती रोक्का गर्न लगाएको हो ।

बारामा सञ्चालित अधिकांश पेट्रोल पम्प मापदण्ड बिपरीत सञ्चालनमा रहेको पाईएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । उपभोक्तालाई कम परिमाणमा ईन्धन दिएर ठगी गर्ने देखि दश गजा नजिक अनियमित तरिकाले पेट्रोल पम्प सञ्चालन गरेको पाईएको हो । कतिपय सर्वजानिक जग्गा र सडक अतिक्रमण गरी पम्प सञ्चालन गर्दै आएको भेटिएको छ ।

नियमनको क्रममा स्थानीय प्रशासनले करिब दुई साता यता आठ वटा पम्प बन्द गरेको छ । बिस्तार हुँदै गरेको बिरगंज–पथलैया ६ लेनको सडक मिचेर मापदण्ड बिपरीत जबरजस्ती सञ्चालन गर्दै आएको ६ वटा र सिमा नाका हुँदै भारत तस्करी गर्ने दुई पेट्रोल पम्प बन्द गरेको हो 

बन्द हुने पेट्रोल पम्पमा राहुल आयल स्र्टोर, कतारुका अटोमोबाईल्स्, अपना आयल स्टोर, अटोकेयर सेन्टर, तराई पेटोलियम र चित्रगुप्त आयल रहेका छन् । भने र नेपाल भारत सिमानामा मापदण्ड बिपरीता सञ्चालित अमन सुमन आयल स्टोर र आयुस आयल स्र्टोरलाई प्रशासनको आदेशमा आयल निगमको अमलेखगंज डिपोले आपुर्ति बन्द गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कलैया बाराको पत्र अनुसार बारामा मात्रै आठ वटा पप्पमा नेपाल आयल निगमले आपुर्ती बन्द गरेको अमलेखगंज डिपोका सूचना अधिकारी मनकामना तिवारीले बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै