• २०८१ बैशाख ८ शनिबार

विश्वकपमा भारत-पाकिस्तान खेल्दै

kharibot

काठमाडौँ । जारी विश्वकपको सबैभन्दा प्रतिक्षित खेल भारत र पाकिस्तानबीच आज  भिडन्त हुदै छ ।

भारत र पाकिस्तानलाई विश्व क्रिकेटका सबै भन्दा ठुला प्रतिद्वन्दीबीच समुह चरणको खेलमा भेट हुन थालेको हो । यस विश्वकपमा पाकिस्तानको सुरुवात राम्रो हुन सकेको छैन । पकिस्तानले अहिलेसम्मका ४ खेलमा केवल एक खेल मात्र जितेको छ भने २ खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेल बर्षाले रद्ध हुदा अंक बाडेको थियो ।

यस विश्वकपमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । अहिलेसम्मका तीन खेलमा २ खेलमा जित हासिल गरेको छ भने एक खेल बर्षाले रद्ध हुदा अंक बाडेको छ ।

दुई देशबीचको खराब सम्बन्धका कारण क्रिकेट सिरिज नभएको बेला विश्वकपमा हुने यी क्रिकेटका सबै भन्दा ठुला प्रतिद्वन्दीबीचको खेल सबै क्रिकेटप्रेमीका लागि प्रतिक्षाको विषय हुने गर्दछ ।

विश्वकपमा भारत पाकिस्तानविरुद्ध अपराजित :

विश्वकप क्रिकेटको इतिहासमा भारत र पाकिस्तान अहिलेसम्म ६ पटक खेलेका छन् । अहिलेसम्म भएका ६ विश्वकप खेलमा सबै खेल पाकिस्तानले भारतसँग हारेको छ । 

भारत र पाकिस्तानबीच पहिलो पटक सन् १९९२ ना खेलेका थिए । अस्ट्रेलियाको सिड्नीमा भएको सो खेलमा भारतले पाकिस्तानलाई ४३ रनले हराएको थियो । सो खेलमा सचिन तेन्दुलकरले ५४ रन बनाउनुका साथै १० ओभरमा ३७ रन दिएर एक विकेट समेत लिदै खेलको म्यान अफ द म्याच समेत बनेका थिए ।

त्यस्तै सन् १९९६ को विश्वकपमा भारत र पाकिस्तान दोस्रो पटक खेलेका थिए । भारतको बैंगलुरुमा भएको सो खेलमा भारतले पाकिस्तानलाई ३९ रनले हाराएको थियो । सो खेलमा ९३ रन बनाउने नवजोत सिंह सिद्धु खेलको म्यान अफ द म्याच बनेका थिए ।

त्यसपछि सन् १९९९ मा भारत र पाकिस्तान तेस्रो पटक विश्वकपमा खेलेका थिए । इङल्याण्डको म्यानचेस्टरमा भएको सो खेल भारतले ४७ रनले जितेको थियो । २२७ रन बनाएको भारतले पाकिस्तानलाई १८० रनमा अल आउट गरेको थियो । सो खेलमा ५ विकेट लिएका वैनकेटेश प्रसाद खेलको म्यान अफ द म्याच बनेका थिए ।

त्यसपछि सन् २००३ मा दक्षिण अफ्रिकाको सेन्चुरियनमा भएको खेलमा भारत ६ विकेटले विजयी भएको थियो । पाकिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले ४ विकेट गुमाउदै पुरा गरेको थियो । सो खेलमा ९८ रन बनाएका सचिन तेन्दुलकर खेलको म्यान अफ द म्याच बनेका थिए ।

त्यसपछि सन् २०११ को विश्वकपमा भारत २९ रनले विजयी भएको थियो । भारतको चण्डीगढमा भएको सो खेलमा ८५ रन बनाएका सचिन तेन्दुलकर खेलको म्यान अफ द म्याच बनेका थिए ।

विश्वकपमा भारत र पाकिस्तान अन्तिम पटक सन् २०१५ को विश्वकपमा खेलेका थिए । सो खेलमा भारत ७६ रनले विजयी भएको थियो । ३०० रन बनाएको भारतले पाकिस्तानलाई २२४ रनमा अलआउट गरेको थियो । १०७ रनको शतकीय पारी खेलेका विराट कोहली खेलको म्यान अफ द म्याच बनेका थिए ।

मोहमद अमिर भर्सेज विराट :

यस खेलमा पाकिस्तानका तिब्र गतिका बलर मोहमद आमिर भर्सेज भारतका कप्तान विराट कोहलीको लडाईका रुपमा समेत लिइएको छ । आमिर अहिले उत्कृष्ट फर्ममा रहेका छन् । पछिल्लो अस्रेएकलियाविरुद्धको खेलमा समेत आमिरले ५ विकेट लिएका थिए भने यस विश्वकपमा आमिरले अहिलेसम्म १० विकेट लिएका छन् । त्यस्तै विराट कोहलीले भने यस विश्वकपमा अस्ट्रेलियाविरुद्ध ८२, दक्षिण अफ्रीकाविरुद्ध १८ रन बनाएका छन् ।

भारत यस खेलमा आफ्ना ओपनर शिखर धवन बिना खेल्ने छ भने उनको ठाउमा अलराउन्डर विजय शंकर खेल्ने सम्भावना रहेको छ । त्यस्तै स्पिनर कुलदीप यादवको ठाउमा तिब्र गतिका बलर मोहमद सामी खेल्ने सम्भावना रहेको छ ।

त्यस्तै पाकिस्तान भने अस्ट्रेलियाविरुद्ध खेलेको टिम नै खेल्ने सम्भावना रहेको छ ।

यो खेल हुने म्यानचेष्टरको मैदान धेरै रन बन्ने पिच रहेको छ । पिचमा कुनै घास छैन तर मौसमको अनुमान पानी पर्ने भएकोले ५०-५० ओभरको खेल पुरा हुने भने सम्भावना कम रहेको छ । त्यसैले टस जित्ने टिमले पहिला बलिङ गर्नसक्ने बताइएको छ ।

यस मैदानमा यसअघि भारत र पाकिस्तान सन् १९९९ को विश्वकपको सुपर सिक्समा खेलेका थिए । सो खेलमा भारतले ४७ रनले खेल जितेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै