डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, एक शिक्षकको मृत्यु

खरीबोट

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आलिताल गोदामबजारबाट कुर्जेनीगाउँ बालुवा लोड से२त २८५० नंको ट्र्याक्टर दुर्घटना हँुदा आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन् भने चालक धनजीत धामी फरार रहेको आलिताल प्रहरी चौकीका इचार्ज प्रहरी सहायक निरीक्षक वीरबहादुर धामीले जानकारी दिए । बढी लोडकै कारण ट्र्याक्टर दुर्घटना भएको आलिताल प्रहरी चौकीको अनुमान छ ।

मृतक शिक्षक दुर्घटनाग्रस्त ट्रयाक्टरमुनी च्यापिएकाले अहिलेसम्म निकाल्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले बताए । चालक फरार रहेकाले घटनाबारे विस्तृत जानकारी आउन नसकेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार

डडेल्धुरा अस्पताल अनिश्चतकालीन बन्द

अमरगढी । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनः जनप्रतिनिधिसहितको आक्रमणपछि अस्पतालका चिकित्सकहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।  पटक–पटक चिकित्सकमाथि आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डडेल्धुरा अस्पतालमा आकस्मिक

डडेल्धुरा अस्पतालका चिकित्सकमाथि फेरि आक्रमण

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा ड्युटीमा खटिएका चिकित्सकमाथि पुनःआक्रमण भएको छ । शव परीक्षण गरिरहेका चिकित्सकलाई ढिलो गरेको भन्दै हातपात गरिएको बताइएको छ । यसअघि पनि सुत्केरीको मृत्युपश्चात् डडेल्धुरा अस्पतालमा कार्यरत चिकित्सकमाथि

डडेल्धुराको सदरमुकाममै छाउगोठ

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ (महीनावारी भएको बेलामा सुत्ने ठाउँ) भेटिएको छ । बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी

स्वास्थ्य चौकीमा खानेपानी अभाव हुँदा सुत्केरीसेवा प्रभावित

डडेल्धुरा  / डडेल्धुरा जिल्लाको एक स्वास्थ्य संस्थामा खानेपानीको समस्या हुँदा सुत्केरीसेवा प्रभावित बनेको छ । जिल्लाको अमरगढी नगरपालिका–१० राईस्थित सहस्रलिङ्ग स्वास्थ्य चौकीमा आपूर्ति हुँदै आएको खानपानीकोे मुहान सुकेर पानीको सतह


z