• २०८१ बैशाख ८ शनिबार

अब सरकारका अरिंगाल मात्र सुरक्षित हुन्छन् – गगन थापा

kharibot

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले सरकारले ल्याउन लागेको सूचना प्रविधि विधेयक र मिडिया काउन्सिल विधेयक पारित भएमा सरकारका अरिंगाल मात्र सुरक्षित हुने बताएका छन् ।

प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै नेता थापा सरकारले ल्याएको विधेयक संबिधान विपरित भएको दाबि गर्दै यसले सबैलाई असुरक्षित बनाएको बताएका छन् ।

सस्कीय शैलीको विरोध गरिएको भनेर पशुपति शर्मा गीतमा प्रतिबन्ध लगाइएको फिल्मको ह्युमरमा रहेर समीक्षा गरेकै भरमा प्रनिस गौतम केहिदिन देखि हिरासतमा रहेका छन्, संस्कृतिको रक्षा गर्न गुठी विधेयकको विरोधमा आएका माथि पानीको फोहोराले हानिएको जस्ता घटनाले सरकारको नियत सहि नभएको नेता थापाले बताए ।

नेता थापाले सरकारले संबिधान उलंघन गरेर स्वतन्त्रतामाथि हस्तक्षेप गर्न खोजेको भन्दै समाजका सबै पक्षलाई आगाडी आएर अहिले नै विरोध गर्न अपिल समेत गरेका छन् । उनले प्रधानमन्त्री कै पार्टीभित्र समेत फरक विचार राख्नेसमेत सुरक्षित नहुने बताउदै अभिव्यक्ति स्वतन्त्रताको पक्षमा लडिरहेका सबैलाई अगाडी आउन आपिल गरे ।

सांसद थापाले सरकारले ल्याएका यी विधेयक संसदबाट पारित हुनु भनेको संबिधानको विरुद्ध मात्र होइन, अभिव्यक्ति स्वतन्त्रताको समेत विरुद्ध रहेको बताउदै यसका विरुद्ध जनमत निर्माण गर्न सबैलाई आग्रह गरेका छन् ।                          

गगन थापाको संसदको सम्बोधन :  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै