काठमाडौँ । प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिएका छन् ।
सात दिने युरोप भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई सरकारले हेर्ने बताए ।
“गुठीका नाममा कतिपय ठाउँमा गरिबमाथी शोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौं ” प्रम ओलीले भने “तर यसले कसैलाई धक्का परेको भए त्यसलाई पनि हेर्छौं ।”
“अबको समय आवेश उत्तेजना र द्वन्द्वको समय होइन ” प्रधानमन्त्री ओलीले भने“यो संवाद,सहमति, र अग्रगमनको समय हो । ”
प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताप्रति उतरदायी भएकोले जनताको मन दुखाउने काम नगर्ने बताए । “यो सरकारले जनताको मन दुखाउने होइन जनता हसाँउने काम गर्छ ” प्रधानमन्त्री ओलीले भने ।