• २०८१ बैशाख ४ मंगलबार

गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई हेरिन्छ – प्रधानमन्त्री ओली 

kharibot

काठमाडौँ । प्रधानमन्त्री ओलीले सरकारले जनताको इच्छा अनुसार काम गर्ने भएकोले विभिन्न बहानामा जनता नउछाल्न चेतावनी दिएका छन् । 

सात दिने युरोप भ्रमणबाट फर्किएपछि त्रिभुवन विमानस्थलमा बोल्दै प्रधानमन्त्री ओलीले गुठी विधेयकले कसैलाई मार परेको भए त्यसलाई सरकारले हेर्ने बताए ।

“गुठीका नाममा कतिपय ठाउँमा गरिबमाथी शोषण भएको छ । त्यो शोषण हामी हटाउन चाहन्छौं ” प्रम ओलीले भने “तर यसले कसैलाई धक्का परेको भए त्यसलाई पनि हेर्छौं ।” 

“अबको समय आवेश उत्तेजना र द्वन्द्वको समय होइन  ” प्रधानमन्त्री ओलीले भने“यो संवाद,सहमति, र अग्रगमनको समय हो । ”

प्रधानमन्त्री ओलीले वर्तमान सरकार जनताप्रति उतरदायी भएकोले जनताको मन दुखाउने काम नगर्ने बताए । “यो सरकारले जनताको मन दुखाउने होइन जनता हसाँउने काम गर्छ ” प्रधानमन्त्री ओलीले भने । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै