कास्कीका ७२ वडामा नेकपाको पार्टी नेतृत्व चयन

खरीबोट

कास्की । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला सङ्गठन कमिटी कास्कीले पोखरा महानगरपालिकासहित जिल्लाका पाँच वटै स्थानीय तहका ७२ वडामा पार्टीको नेतृत्व चयन गरेको छ ।  पूर्व नेकपा एमाले र माओवादी केन्द्रका बीचमा केन्द्रमा पार्टी एकता भएर नेकपा गठन भएको १३ महीनापछि महानगर र चार वटा गाउँपालिकाका वडामा पार्टी अध्यक्ष र सचिव चयन गरिएको हो ।

महानगरमा ६०÷४० तथा गाउँपालिकामा ५५÷४५ को अनुपातमा भागबण्डाको आधारमा नेतृत्वको टुङ्गो लगाइएको छ । महानगरका ३३ वडामध्ये पूर्व एमालेले २० वडामा नेतृत्व गर्ने भएको छ भने पूर्व माओवादी केन्द्रले १३ वटा वडामा अध्यक्ष पाएको छ । अध्यक्ष र सचिव पूर्व फरक पार्टीबाट हुने गरी तोकिएको छ ।

त्यस्तै नौ वडा रहेको माछापुच्छ«े गाउँपालिकाको पाँच वडामा पूर्व एमाले तथा चार वडामा पूर्व माओवादीले अध्यक्ष पाएको छ । मादीका १२ वडामा सात पूर्व एमाले तथा पाँच माओवादी, रुपामा चार पूर्व एमाले तथा तीन पूर्व माओवादी, अन्नपूर्णका ११ वडामा छ पूर्व एमाले र पाँच वडामा पूर्व माओवादीले नेतृत्व पाएको पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं संविधानसभाका सदस्य राजकाजी गुरुङले बताए । 

उनका अनुसार हिजो बसेको जिल्ला कमिटीको बैठकले सर्वसम्मत रुपमा वडाका अध्यक्ष तथा सचिवको नाम पारित गरी अनुमोदनका लागि प्रदेश कमिटीमा सिफारिस गरेको र प्रदेशबाट अनुमोदन भएलगत्तै केही दिनमा शपथ ग्रहण गराइनेछ ।

वडाको नेतृत्व टुङ्गो लगाए पनि नेकपाले स्थानीय तहको नेतृत्व भने अझै निश्चित गर्न सकेको छैन । जिल्ला कमिटी सरहको हैसियत भएको पोखरा महानगर कमिटीको नेतृत्व पार्टी केन्द्रबाट तय गरेपछि मात्र स्थानीय तहको नेतृत्व निश्चित गरिने सो पार्टीले जनाएको छ ।

सम्बन्धित समाचार

कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा

पोखरा । कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा अब २१ उम्मेदवार चुनावी मैदानमा छन् ।  प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते

कास्की-२ मा काँग्रेसको तीन हजार पाँच सय ५१ सदस्यीय प्रचार समिति

पोखरा । नेपाली काँग्रेस कास्कीले आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीन हजार ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । निर्वाचन तयारी सम्बन्धमा

कास्की-२ मा १६ जनाको मनोनयन, मुख्य प्रतिस्पर्धा नेकपा र काँग्रेसकै

काठमाडौं । आगामी मङ्सिर १४ गते प्रतिनिधिसभाका लागि उपनिर्वाचन हुन लागेको एक मात्र क्षेत्र कास्की– २ मा  मनोनयन दर्ता सम्पन्न भएको छ ।  सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली

कास्की-२ बाट काँग्रेसका पौडेलद्वारा उम्मेदवारी दर्ता  

काठमाडौं । कास्की–२ को उपनिर्वाचनमा नेपाली काँग्रेसका खेमराज पौडेलले आफ्नो उमेदवारी दर्ता गरेका छन् । कास्की काँग्रेसका नेता देवराज चालिसे र सोभियतबहादुर अधिकारीको प्रस्ताव र समर्थनमा पौडेलले उमेदवारी दर्ता गरेका हुन्


z