• २०८१ बैशाख ६ बिहीबार

भारतविरुद्ध पाकिस्तानले टस जित्यो, पहिला बलिङ गर्दै

kharibot

काठमाडौँ । जारी विश्वकपको सबैभन्दा प्रतिक्षित खेल भारत र पाकिस्तानबीच आज  भिडन्त हुदै छ ।

आज हुने खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

भारत र पाकिस्तानलाई विश्व क्रिकेटका सबै भन्दा ठुला प्रतिद्वन्दीबीच समुह चरणको खेलमा भेट हुन थालेको हो ।

यस विश्वकपमा पाकिस्तानको सुरुवात राम्रो हुन सकेको छैन । पकिस्तानले अहिलेसम्मका ४ खेलमा केवल एक खेल मात्र जितेको छ भने २ खेलमा हार बेहोरेको छ । त्यस्तै एक खेल बर्षाले रद्ध हुदा अंक बाडेको थियो ।

त्यस्तै विश्वकपमा भारतले उत्कृष्ट सुरुवात गरेको छ । अहिलेसम्मका तीन खेलमा २ खेलमा जित हासिल गरेको छ भने एक खेल बर्षाले रद्ध हुदा अंक बाडेको छ ।

दुई देशबीचको खराब सम्बन्धका कारण क्रिकेट सिरिज नभएको बेला विश्वकपमा हुने यी क्रिकेटका सबै भन्दा ठुला प्रतिद्वन्दीबीचको खेल सबै क्रिकेटप्रेमीका लागि प्रतिक्षाको विषय हुने गर्दछ ।

विश्वकप क्रिकेटको इतिहासमा भारत र पाकिस्तान अहिलेसम्म ६ पटक खेलेका छन् । अहिलेसम्म भएका ६ विश्वकप खेलमा सबै खेल पाकिस्तानले भारतसँग हारेको छ । 

यस खेलमा पाकिस्तानका तिब्र गतिका बलर मोहमद आमिर भर्सेज भारतका कप्तान विराट कोहलीको लडाईका रुपमा समेत लिइएको छ । आमिर अहिले उत्कृष्ट फर्ममा रहेका छन् । पछिल्लो अस्ट्रेलियाविरुद्धको खेलमा समेत आमिरले ५ विकेट लिएका थिए भने यस विश्वकपमा आमिरले अहिलेसम्म १० विकेट लिएका छन् । त्यस्तै विराट कोहलीले भने यस विश्वकपमा अस्ट्रेलियाविरुद्ध ८२, दक्षिण अफ्रीकाविरुद्ध १८ रन बनाएका छन् ।

भारत यस खेलमा आफ्ना ओपनर शिखर धवन बिना खेल्ने छ भने उनको ठाउमा अलराउन्डर विजय शंकर भारतको प्लेइङ एघारमा परेका छन् । विजय शंकरको लागि यो विश्वकप क्रिकेटमा डेभ्यु खेल हुने छ  ।

यो खेल हुने म्यानचेष्टरको मैदान धेरै रन बन्ने पिच रहेको छ । पिचमा कुनै घास छैन तर अपराह्न मौसमको अनुमान पानी पर्ने भएकोले यो खेल बर्षाले केहि रुपमा प्रभाव पार्ने बताइएको छ ।

यस मैदानमा यसअघि भारत र पाकिस्तान सन् १९९९ को विश्वकपको सुपर सिक्समा खेलेका थिए । सो खेलमा भारतले ४७ रनले खेल जितेको थियो ।

पाकिस्तानको प्लेइङ एघार : सरफराज अहमद (कप्तान), इमाम उल हक, फखर जमान, बबर आजम, मोहमद हाफीज, मोहमद अमिर, वहाव रियाज, शडाब खान, हसन अली, शोएब मल्लिक, इमाद वसिम । 

भारतको प्लेइङ एघार : विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, जसप्रित बुमराह, युजवेन्द्र चहल, महेन्द्र सिंह धोनी, हार्दिक पाण्डेय, केदार जादभ, भुवेन्श्वर कुमार, विजय शंकर, कुलदीप यादव ।                                   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै