• २०८१ बैशाख ४ मंगलबार

साताको पहिलो दिन नै ओरालो लाग्यो नेप्से, ४७ करोडको कारोबार 

kharibot

काठमाडौं । साताको पहिलो कारोबार दिन आज आइतबार नै नेप्से ओरालो लागेको छ । नेप्से आज ११ दशमलव ३६ अंकले घटेर १२ सय ५८ दशमलव २७ विन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ८७ अंक घटेर दुुई सय ६९ दशमलव ९७ विन्दुुमा झरेको छ । 

एक सय ७४ कम्पनीहरुको छ हजार नौ सय तीन वटा कारोबारमा १४ लाख ७३ हजार आठ सय आठ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुंदा कारोबार रकम ४७ करोड २५ लाख २० हजार आठ सय ११ रुपैयाँको सेयर कारोबार भएको छ ।  

नेप्सेमा आज ११ वटा समूहको कारोबार भएकोमा ११ वटै समूहको सूचक घटेको छ । सो मध्ये बाँणिज्य बैंक समूहको सूचक सात दशमलव १३ अंकले घटेर ११ सय २७ दशमलव ९४ विन्दुुमा झर्दा विकास बैंक समूहको सूचक पनि ११ दशमलव ९२ अंकले घटेर १५ सय ८७ दशमलव ८१ विन्दुुमा झरेको छ । 

निर्जीवन बीमा समूहको सूचक एक सय ११ दशमलव तीन अंकले घटेर पाँच हजार दुुई सय ६८ दशमलव १६ विन्दुुमा झर्दा जीवन बीमा समूहको सूचक पनि ३५ दशमलव ४५ अंकले घटेर छ हजार एक सय ६३ दशमलव ३४ विन्दुुमा झरेको छ । जलविद्युुत्, फाइनान्स, होटल, उत्पादनमूुलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् । 

आज बढी कमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको नेपाल एग्रो लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य छ रुपैयाँ ७५ पैसाले बढेर तीन सय ४८ रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा परेको महिला सहयात्रा बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात रुपैयाँ ८७ पैसाले घटेर चार सय २१ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको नेपाल बैकको प्रतिकित्ता तीन सय २४ रुपैयाँ अन्तिम मूल्यमा दुुई करोड ९५ लाख ८० हजार पाँच सय ६४ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै