• २०८१ बैशाख ८ शनिबार

साउदी अरब युद्ध चाहँदैन : युवराज सलमान

kharibot

रियाद (साउदी अरब) । साउदी अरबका युवराज मोहम्मद बिन सल्मान अल साउदले आफ्नो देशले क्षेत्रीय युद्ध नचाहेको बताएका छन् ।

एक पत्रिकालाई आइतबार दिएको अन्तर्वार्तामा उनले कसैको दवावमा कुनै सम्झौता गर्न नडराउने पनि प्रष्ट पारे ।

“यो अधिराज्य क्षेत्रीय युद्ध गर्न चाहँदैन, तर हाम्रो देश, जनता, सार्वभौमिकता र हाम्रो महत्वपूर्ण चासोको विरुद्धमा दिइने दवावबाट पछाडि हट्ने छैनौं,” अन्तर्वार्ताका क्रममा उनले भने ।

इरानको हालैको गतिविधिलाई लक्षित गर्दै युवराज सल्मानले यस्तो धारणा राखेको बताइएको छ ।

यमन संकटका बारेमा सोधिएको प्रश्नमा उहाँले राजनीतिक तरिकाले संकट समाधान गर्नु पर्नेमा जोड दिनुभयो ।

युवराज सल्मानले क्षेत्रीय सुरक्षा र स्थायित्वलाई आधार बनाएर अमेरिकासँग रणनीतिक सम्बन्ध कायम गर्नुपर्ने धारणा राखेका छन् । 

साउदी पत्रकार जमाल खसोग्जीको पीडादायी हत्याका सम्बन्धमा उनले “पूर्ण न्याय र विश्वसनीयता” साउदी अरबले चाहेको उल्लेख गरे ।

“कपिपयले यसलाई राजनीतिक रुप दिन खोजेका छन्, त्यसलाई रोकौँ, बरु प्रमाणहरु छन् भने अदालतमा पेस गरौँ” उनले भने ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै