• २०८१ बैशाख ७ शुक्रबार

४८ हजार ट्रेडमार्क दर्ता हुदाँ ७ सय ८२ वटा उजुरी

kharibot

काठमाडौं । बौद्धिक सम्पत्ति मानिने ट्रेडमार्क, पेटेन्ट र डिजाइनको दर्ताको क्रम उधोग विभागमा बढ्दो छ । विभागका अनुसार ऐन आएपछि चालु आर्थिक वर्ष २०७६-७७ हालसम्म (वैशाखमसान्तसम्म) ४८ हजार १ सय ३७ वटा ट्रेडमार्क दर्ता भएका छन् ।
विभागमा ट्रेडमार्क दर्ताका लागि ८० हजार ३ सय ६५ वटा आवेदन परेको छ । २०२२ सालमा पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन आएको थियो । 

उधोग विभाग अन्र्तगत औधोगिक सम्पत्ति शाखाका निर्देशक प्रेम प्रसाद लुईटेलका अनुसार पेटेन्ट तथा डिजाइनका लागि सोहि समयमा क्रमश (पेटेन्ट) ७३७ वटा आवदेन परेका छन् भने ७८ वटा दर्ता र ५६९ वटा निवेदन (डिजाइन) परेका छन् भने १७१ वटा दर्ता भएका छन् । डिजाइन भन्नाले उत्पादित सामग्रीको बनोट हो भने पेटेन्ट भन्नाले उत्पादित वस्तुको समिश्रण हो । 

उत्पादककर्ता (कलकारखाना तथा औद्योगिक प्रतिष्ठना) ले आफनो उत्पादित वस्तुको विषयमा उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यका साथ तयार गरेको ट्रेडमार्क चिन्ह सहित विभागमा निवदेन दिनुपर्छ । निवेदन दिए पश्चयात उधोग विभागका दुई अधिकारीहरुले त्यसको प्रारम्भिक परिक्षण देखि लिएर सारभूत परिक्षण गर्छन् । प्रारम्भिक परिक्षणका क्रममा उधोग दर्ता, प्यान दर्ता, कम्पनीका सञ्चालक समीतिहरुको निर्णय लगायत हेरिन्छ भने सारभूत परिक्षणको क्रममा नाम, चिन्ह , बनोट तथा सो ट्रेडमार्कको लागि आवेदन परेको छ-छैन वा स्वीकृति दिएको छ-छैन लगायतको विषय हेरिन्छ । 

ट्रेडमार्क, पेटन्ट तथा डिजाइन विभागमा दर्ता भए पछि बोधार्थका लागि विभागबाट मन्त्रालय, उद्योग वाणिज्य महासंघ, व्यपार संघ, आन्तरिक राजस्वमा पठाइने प्रचलन रहेको छ । ट्रेडमार्क, पेटन्ट तथा डिजाइन विभागमा दर्ता भए पछि सबैको जानकरीको लागि विभागले वेबसाइटमा समेत राख्ने गरेको छ ।

निर्देशक लुईटेलका अनुसार यसरी विभिन्न निकायमा जानकारी गराई तथा वेबसाइटमा राखेको ९० दिन भित्र दावी विरोध नआएमा निवदेकले ट्रेडर्माक चिन्ह प्राप्त गर्ने प्रावधान रहेको छ । उनले आवदेकलाई ट्रेडमार्क चिन्ह प्रदान गरेपछि उधोगी व्यवसायीहरुले आफनो उत्पादित वस्तुको ट्रेडमार्क चिन्हसँग मेल खाएको भन्दै विभागमा उजुरी दिनसक्ने बताए ।  उजुरी आएको खण्डमा भने विभागले छानबिन तथा कारबाही गर्छ ।

विभागका कानून शाखाका उपसचिव टङ्क बहादूर महतका अनुसार टे«डमार्क नक्कल गरेको भन्दै चालु आवको हालसम्म (जेष्ठ) ७ सय ८२ उजुरी परेका छन् । चालु आवको जेठ महिनासम्म मात्र ३ सय ४० ट्रेडमार्कका मुद्धा दायर भएको उपसचिव महतले बताए । विभागका अनुसार पछिल्लो पाँचवर्षमा उजुरीको संख्यो बढ्दै गएको पाउन सकिने बताए । ‘ट्रेडमार्क नक्कल गर्नेमा विदेशी कम्पनीभन्दा पनि स्वदेशी कम्पनीहरुको संख्या धेरै हुने गरेको पाइन्छ,’ उनले भने । विभागका अनुसार विदेशी अर्थात् लोकप्रिय ब्रान्डहरुसँग मिल्दोजुल्दो किसिमले स्वदेश कम्पनीहरुले ट्रेडमार्क, पेटेन्ट तथा डिजाइन नक्कल गरिरहेको पाउन सकिन्छ । 

विभागका अनुसार ट्रेडमार्क नक्कल गरयो भन्दै २०७१ मा २८४ , ०७२ मा ८१ , ०७३ मा ७३, ०७४ मा ८० ,०७५मा २८५ ,०७६  मा ३५ वटा उजुरी परेका छन् । यस्तै २०६४ र ६५ मा भने १ वटा उजुरी दर्ता भएको थियो । 

ट्रेडमार्क नक्कल सम्वन्धि मुद्धामा हालसम्म चालू आवको (जेष्ठसम्म) १९३ वटा भने फछौट भइसकेको छ । 

उपसचिव महतले चालू आवको दुई महिना (वैशाख-जेठ) को अवधिमा ३० वटा ट्रेडमार्क नक्कल सम्विन्ध मुद्धा फछौट भइसकेको बताए ।  २०७५ को १० महिनाको अवधिमा भने १६३ वटा मुद्धा फछौट भएको विभागले जनाएको छ । ट्रेडमार्क दर्ता भएपछि ७ वर्षपछि नविकरण गर्नुपर्ने प्रावधान रहेको छ ।  

नक्कलको विषयमा भने विभागले बजारमा देखिएको कुरा भन्दा पनि विभागमा उजुरी आए पछि कारबाही अघि बढाउने गरेको पाइन्छ । विभागका अनुसार स्वदेशी तथा विशेष गरी विदेशी कम्पनीहरुले ट्रेडमार्क नक्कल गरेको भन्दै विभागमा उजुरी गर्न आउछन् । उजुरी आएको खण्डमा विभागका महानिर्देशकको नेतृत्वमा छानबिन गर्ने तथा फैसला गर्ने प्रचलन रहेको छ । 

विभागको फैसला चित्त नबुझेमा उजुरीकर्ता अदालत जान सक्नेछन् । पछिल्लो समय रेडबुलको ट्रेडमार्क नक्कल गरी रेड ब्लू बजारमा बेचविखन गरेको पाइएको थियो । सो भएसँगै सरकारले रेड ब्लूको बेचविखनमा रोक लगाएको थियो । विभागका अनुसार रेडबुल आयात गरी बिक्रीवितरण गर्दै आएको गोर्खा ब्रुआरीले ट्रेडमार्क  नक्कल भएको भन्दै विभागमा उजुरी दिएको थियो । 

नेपालले २०६३ सालमा विश्व व्यपार संगठन(डब्लूटिओ) को सदस्य लिएसँगै ट्रेडमार्क, पेटन्ट, डिजाइनलाई लिएर औधोगिक प्रतिष्ठानले चासो बढाएका हुन् ।  नेपालले औद्योगिक बौद्धिक सम्पत्तिलाई भने वि.सं १९९४ देखि मान्यता दिदै आएको थियो । 

२०२२ मा आएको पेटेन्ट, डिजाइन  ट्रेडमार्क ऐन संशोधनभई पेटेन्ट, डिजाइन  ट्रेडमार्क ऐन २०६४ जारी गरिएको छ । ट्रेडमार्कले कुनै पनि कम्पनीको सामग्रीको पहिचान गराउने तथा जनमानसमा कतिको परिचित छ भन्ने विषयको जानकारी दिने हुनाले ट्रेडमार्क हेरी उपभोक्ताले सामानको माग गर्ने गर्छन्, जुन केहि वर्ष यता नेपाली समाजमा समेत राम्रो अभ्यास भएको पाउन सक्छौं । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै