• २०८१ बैशाख ६ बिहीबार

म्यानचेस्टर युनाइटेड छोड्न चाहन्छु – पाउल पोग्वा

kharibot

काठमाडौं । म्यानचेस्टर युनाइटेडबाट खेलिरहेका फ्रेन्च प्लेमेकर पाउल पोग्वाले आउदो सिजन नयाँ क्लबबाट खेल्ने बताएका छन् ।

पछिल्लो समय उनी इटालियन क्लब युभेन्टस र स्पेनिस क्लब रियल म्याड्रिड जाने हल्ला चलिरहेका बेला पोग्वाले आफुले नयाँ चुनौतीका लागि अवसर हेरिरहेको बताएका छन् ।

हाल आफ्नो ब्राण्ड एडीडासको प्रमोशनल टुरमा जापानको टोकियोमा रहेका पोग्वाले मिडियासँग कुरा गर्दै आफुले नयाँ अवसरका बारेमा कुराकानी गरिरहेको खुलासा गरेका छन् ।

उनले भने, ' युनाइटेडमा तीन बर्ष अत्यन्तै राम्रो भयो, केहि राम्रा र केहि नराम्रा विषयले चर्चा पाए, यो सिजनपछि, यो सिजनमा जे भयो त्यसपछि मैले अन्त कतै नयाँ चुनौतीलाई लिनुनै मेरा लागि राम्रो हुने सोचेको छु ।'

पछिल्लो समय पोग्वालाई साइन गर्न रियल म्याड्रिड अगाडी आएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

रियलका फ्रेन्च म्यानेजर जिनेदिन जिदानले पोग्वालाई साइन गर्न अगाडी बढेको बताइएको छ । त्यस्तै पोग्वाको पुर्व क्लब युभेन्टस समेत उनलाई भित्र्याउन लागि परेको बताइएको छ ।

त्यस्तै युनाइटेड पनि पोग्वालाई बेचेर अन्य खेलाडीलाई भित्र्याउने तयारीमा लागेको बताइएको छ । युभेन्टसले अर्जेन्टिनी खेलाडी पाउलो डिबालालाई दिएर पोग्वालाई भित्र्याउने योजना बनाएको समेत बताइएको छ । त्यस्तै रियलले पनि इस्को या बेललाई पोग्वासँगको डिलमा समहति जनाउने सम्भावना रहेको समेत बताइएको छ ।                                       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै