• २०८१ बैशाख १४ शुक्रबार

प्रधानसेनापति थापा साताव्यापी भ्रमणका लागि चीन प्रस्थान

kharibot

काठमाडौँ । प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका जनमुक्ति सेनाको औपचारिक निमन्त्रणामा आज साताव्यापी औपचारिक भ्रमणको लागि ७ सदस्यीय भ्रमण दलसहित मित्रराष्ट्र चीनतर्फ प्रस्थान गरेका छन् । 

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका छन् । उक्त अवसरमा नेपालस्थित चीनका महामहिम राजदूत, नेपाली सेनाका रथीबृन्द, रक्षा मन्त्रालयका सहसचिवलगायत नेपालस्थित चीनका सैनिक सहचारीको उपस्थिति रहेको थियो । यसअघि उनलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

मित्रराष्ट्रहरुको भ्रमणको सिलसिलामा हुन लागेको चीन भ्रमणको दौरान प्रधानसेनापति महारथी थापाले चीनका विभिन्‍न सैनिक संरचनाको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाटलगायत ऐतिहासिक स्थलहरुको भ्रमणसमेत गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाले लिएको छ ।

उक्त अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छनेपाली सेनाले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै