पाकिस्तानविरुद्ध रोहित शर्माको शतक

खरीबोट

काठमाडौँ । जारी विश्वकपमा भारतका ओपनर रोहित शर्माले शतक प्रहार गरेका छन् । अहिले जारी पाकिस्तानविरुद्धको खेलमा रोहितले सत्का प्रहार गरेका हुन् ।

रोहितले ८६ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । 

रोहित शतक बनाएर खेलिरहेका छन् । टस हारेर पहिला ब्याटिंग गरेको भारतले यो समाचार तयार गरुन्जेल ३०.१ ओभरमा एक विकेट गुमाउदै १७३ रन बनाएको छ । भारतका अर्का ओपनर केएल राहुल ५७ रन बनाएर आउट भएका छन् । पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गरेका थिए ।       

रोहितको यस विश्वकपमा भने यो दोस्रो शतक हो भने विश्वकप क्रिकेटमा तेस्रो शतक हो । यस अघि सन् २०१५ को विश्वकपमा रोहितले बंगलादेशविरुद्ध १३७ रन बनाएका थिए । यस विश्वकपको पहिलो खेलमा रोहितले दक्षिण अफ्रीकाविरुद्ध अविजित १२२ रन बनाएका थिए ।       

त्यस्तै यस विश्वकपमा भने यो दशौ शतक हो । रोहितको दुई शतकसहित इङल्याण्डका जोय रुटले पनि यस विश्वकपमा दुई शतक बनाएका छन् । त्यस्तै जेसन रोय, जोनी बैरस्ट्रव, शिखर धवन, शकिब अल हसन, डेभिड वार्नर र एरोन फिन्चले यस विश्वकपमा शतक बनाएका छन् ।

विश्वकपको यस १२औ संस्करणसम्म आइपुग्दा अहिलेसम्म यस विश्वकपका १० शतकसहित १७५ शतक बनेका छन् ।

विश्वकप क्रिकेटमा शतकको रेकर्ड :         

विश्वकपमा धेरै शतक बनाउने रेकर्डपनि भारतका सचिन तेन्दुलकरको नाममा रहेको छ । सचिनले ४५ खेलमा कुल ६ शतक बनाएका छन् । जसमा उनको सर्वाधिक रन १५२ रहेको छ ।

त्यस्तै दोस्रो धेरै शतक बनाउने खेलाडी श्रीलंकाका कुमारा संगाकारा र अस्टेलियाका रिक्की पोन्टिङ हुन् । संगाकाराले ३७ खेलमा र पोन्टिङले ४६ खेलमा ५-५ शतक बनाएका छन् ।

त्यस्तै भारतका सौरभ गांगुली, दक्षिण अफ्रीकाका एबी डिभिलीयर्स, अस्ट्रेलियाका मार्क वाग, श्रीलंकाका तिलकरत्ने दिलसान र महिला जयवर्धनेले ४-४ विश्वकप शतक प्रहार गरेका छन् ।

त्यस्तै अहिलेसम्मका विश्वकपमा कुल १६५ शतक बनेका छन् । पहिलो विश्वकप सन् १९७५ मा कुल ६ शतक बनेका थिए भने दोस्रो विश्वकप सन् १९७९ मा केवल २ शतक बनेका थिए ।

त्यस्तै तेस्रो विश्वकप सन् १९८३ मा कुल ८ शतक बनेका थिए । त्यस्तै सन् १९८७ मा ११ शतक, सन् १९९२ मा ८ शतक र १९९६ मा १६ शतक बनेका थिए ।

त्यस्तै सन् १९९९ मा ११ शतक बने भने सन २००३ मा २१ शतक बनेका थिए । त्यस्तै सन् २००७ मा २० शतक बने भने सन् २०११ मा २४ शतक बनेका थिए । त्यस्तै सन् २०१५ मा अहिलेसम्म कै धेरै ३८ शतक बनेका थिए ।

त्यस्तै विश्वकपमा एक पारीमा धेरै रन बनाउने खेलाडी न्यूजिल्यान्डका मार्टिन गप्टिल हुन् । गप्टिलले सन् २०१५ विश्वकपमा वेस्टइन्डिजविरुद्ध २३७ रन बनाएका थिए ।

त्यस्तै विश्वकपमा एक पारीमा धेरै रन बनाउने दोस्रो खेलाडी वेस्टइन्डिजका क्रिस गेल हुन् । गेलले सन् २०१५ विश्वकपमा जिम्बाबेविरुद्ध २१५ रन बनाएका थिए । त्यस्तै यस सुचिमा तेस्रो स्थानमा दक्षिण अफ्रिकाका गेरी क्रिष्टन रहेका छन् । गेरीले सन् १९९६ विश्वकपमा युएईविरुद्ध १८८ रन बनाएका थिए ।

त्यस्तै यस सुचिमा चौथो स्थानमा भारतका सौरभ गांगुली रहेका छन् । गांगुलीले सन् १९९९ विश्वकपमा श्रीलंकाविरुद्ध १८३ रन बनाएका थिए ।

सम्बन्धित समाचार

समुह ए बाट यी तिन देश पुगे टी-२० क्रिकेट विश्वकपमा

काठमाडौँ । टी-२० विश्वकप छनौट अन्तर्गत समुह ए बाट छनौट हुने तीन टिमको टुंगो लागेको छ ।  आज सम्पन्न समुह ए अन्तर्गतको अन्तिम खेलमा नेदरल्याण्डसले स्कटल्याण्डलाई पराजित गरेसँगै समुह ए बाट

विश्वकप फाइनलमा गल्ति भयो, तर मलाई पछुतो छैन - अम्पायर धर्मसेना

काठमाडौँ । विश्वकप क्रिकेटको फाइनलका श्रीलंकाली अम्पायर कुमार धर्मसेनाले फाइनल खेलमा आफुले गरेको निर्णयबाट कुनै पछुतो नभएको बताएका छन् । श्रीलंकाको सन्डे टाइम्स सँग कुरा गर्दै धर्मसेनाले आफुले फाइनलको अन्तिम ओभरमा

क्रिकेट विश्वकपको सारांश : कुन रेकर्ड कसले बनाए ?

काठमाडौँ । ४६ दिनसम्म चलेको विश्वकप क्रिकेट इङल्याण्डलाई विजेता बनाउदै सकिएको छ । फाइनल खेल निकै विवादमा आएको भएपनि इङल्याण्ड विजेता बनेको छ भने अब क्रिकेटको यो महाकुम्भ अर्को चार बर्षको

जासन रोयको टेस्ट टिममा डेभ्यु, विश्वकपको प्रदर्शनको मिल्यो पुरस्कार !

काठमाडौँ । इङल्याण्डलाई ४४ बर्षको विश्वकपको इतिहासमा पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका ओपनर जासन रोयले टेस्ट टिममा डेभ्यु गर्ने भएका छन् । आयरल्याण्डविरुद्ध इङल्याण्डको एक टेस्ट खेलका लागि रोयलाई डेभ्यु


z