घुस लिएको अभियोगमा लगनखेल नापीका सर्वेक्षकविरुद्ध मुद्दा दायर 

खरीबोट

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेलका नापी सर्वेक्षक उपेन्द्रप्रसाद यादव र कार्यालय सहयोगी राजन विष्टले घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनीहरुले जग्गा नाप जाँच गर्ने क्रममा आलटाल गरी विभिन्न बाहनामा सेवाग्राहीसँग रु ३० हजार घुस माग गरेको आरोप लागेको छ । आयोगले कार्यालय सहयोगी विष्टमार्फत सर्वेक्षक यादवले घुस लिने गरेको पाइएको जनाएको छ ।

आयोग प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार उनीहरुलाई बिगो बमोजिम जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।  
 

सम्बन्धित समाचार

यातायातका अधिकृतसहित पाँच जना घुससहित पक्राउ 

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय काठमाडौँमा छापा मारेको छ । अख्तियारले यातायातको मोटरसाइकल काठमाडौंका शाखा अधिकृतलाई मोटरसाइकल पास गर्दा सहज गरिदिने भन्दै ३ हजार घुस लिएको आरोपमा

जिल्ला अदालतका नासु घुससहित पक्राउ 

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत पश्चिम रुकुम मुसिकोटका नायब सुव्बा रमेशकुमार खड्का घुससहित पक्राउ परेका छन् । नायब सुव्बा खड्काले अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिल

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिका इञ्जिनीयर दिनेशकुमार पाठकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार टोखा नगरपालिकाका इञ्जिनीयर पाठक, लायन्स इञ्जिनीयरिङका ओभरसियर प्रशान्त चौधरी

साठ्ठी हजार घुससहित बारामा प्रहरीका सइ पक्राउ

बारा । साठ्ठी हजार घुस सहिँत बारामा एक जना प्रहरी पक्राउ परेका छन् । अख्तियारको टोलीले जिल्लाको कलैया उपमहानगरपालिका वडा नं.४ बाट उक्त रकम सहिँत एक जना सईलाई पक्राउ गरेको हो


z