• २०८१ बैशाख ६ बिहीबार

प्रदेश ५ को बजेट ३६ अर्ब ४१ करोड : पूर्वाधार, कृषि र पर्यटनलाई प्राथामिकतामा

kharibot

रुपन्देही । प्रदेश ५ सरकारले आगामी आर्थिक वर्ष ०७६/०७७ का लागि ३६ अर्ब ४१ करोड ६८ लाखको अनुमानित बजेट प्रस्तुत गरेको छ । 

मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजनामन्त्री शंकर पोखरेलले संसदमा बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्षको भन्दा करिब ८ अर्ब ३० करोड बढी बजेट सरकारले प्रस्तुत गरेको छ ।

प्रदेश पाँचका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलले आइतवार चालूतर्फ १३ अर्ब ४५ करोड ५ लाख र पूँजीगत तर्फ १८ अर्ब ५७ करोड ६४ लाख ५७ लाख रूपैयाँको बजेट प्रस्तुत गरे । चालूतर्फ ३६.९४ प्रतिशत र पूँजीगततर्फ ५१.०१ र वित्तीय हस्तान्तरणतर्फ १२.०५ प्रतिशत बजेट विनियोजन गरिएको हो । 

बजेटले पूर्वाधार, कृषि उद्योग र पर्यटनलाई प्राथामिकतामा राखेको छ ।  बजेटमा प्रदेशका विभिन्न १ सय ६३ वटा योजनाका लागि १ अर्ब ६३ करोड रूपैयाँ विनियोजन गरेको छ । त्यस्तै सिँचाइ तथा नदी नियन्त्रणका लागि २ अर्ब २ करोड रूपैयाँ विनियोजन गरेको छ । 

त्यस्तै कृषि, भूमि र सहकारीका लागि ४ अर्ब सात करोड, पर्यटन र संस्कृति क्षेत्रका लागि ७५ करोड, उद्योग वाणिज्यतर्फ २३ करोड, शिक्षा क्षेत्रका लागि ५७ करोड, स्वास्थ्य क्षेत्रका लागि ७५ करोड, खानेपानीका लागि १ अर्ब ६३ करोड, वन तथा वातावरण क्षेत्रका लागि ३६ करोड, भू संरक्षण र जलाधार संरक्षणका लागि १६ करोड विनियोजन गरिएको छ । त्यस्तै १५ वटा पुल र सडक मर्मतका लागि १४ करोड रुपैयाँ सिद्धबाबाको बाइपास चरङगे झुम्सा सडकका लागि १० करोड रूपैयाँ विनियोजन गरेको छ ।

त्यस्तैगरी रुकुमपूर्व चुङवाङ रुकुमकोट सडकका लागि १० करोड, १४ वटा सीमा सडकका लागि २५ करोड, ८ वटा कृषि सडकका लागि ८ करोड, सैनामैना तिलोत्तमा चक्रपथका लागि ४० करोड र अन्य ९४ आयोजनाका लागि १ अर्ब ८८ करोड विनियोजन गरिएको छ ।

त्यस्तै वित्तीय हस्तान्तरणतर्फ स्थानीय तहलाई हस्तान्तरण गर्न १ अर्ब ३८ करोड ९८ लाख वित्तीय सामान्यकरण अनुदानतर्फ ५० करोड, समपुरक अनुदानतर्फ १ अर्ब ५० करोड र विशेष अनुदानतर्फ १ अर्ब हुने गरी ४ अर्ब ३८ करोड हुने गरी विनियोजन गरिएको छ । गर्त वर्ष २८ अर्ब ९ करोड ३ लाख रूपैयाँको बजेट ल्याएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै