• २०८१ बैशाख ७ शुक्रबार

बर्षाले रोकियो भारत र पाकिस्तानको खेल

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत अहिले जारी भारत र पाकिस्तानबिचको खेल बर्षाले रोकिएको छ । टस हारेर पहिला बय्टिंग गरेको भारतले ४६.४ ओभरमा ४ विकेट गुमाएर ३०५ रन बनाउदा पानी परेपछि खेल रोकिएको हो ।

भारतका लागि ओपनर रोहित शर्माले १४० रनको शतकीय पारी खेलेका थिए । रोहितले ८६ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । 

भारतका अर्का ओपनर केएल राहुल ५७ रन बनाएर आउट भए भने कप्तान विराट कोहली ७१ रन बनाएर अविजित रहेका छन् । त्यस्तै हार्दिक पाण्डेयले २६ रन बनाएर आउट भए भने महेन्द्र सिंह धोनी एक रन बनाएर आउट भए । त्यस्तै विजय शंकर ३ रन बनाएर अविजित रहेका छन् ।

पाकिस्तानका बलर मोहमद अमिरले २ विकेट लिए भने हसन अली र वहाव रियाजले एक एक विकेट लिए ।   

भारतका लागि पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गरेका थिए भने दोस्रो विकेटका लागि रोहित र विराट कोहलीले ९८ रनको साझेदारी गरेका थिए । त्यस्तै विराट र हार्दिकले २६ बलमा ५१ रनको साझेदारी गरेका थिए ।          

रोहितको यस विश्वकपमा भने यो दोस्रो शतक हो भने विश्वकप क्रिकेटमा तेस्रो शतक हो । यस अघि सन् २०१५ को विश्वकपमा रोहितले बंगलादेशविरुद्ध १३७ रन बनाएका थिए । यस विश्वकपको पहिलो खेलमा रोहितले दक्षिण अफ्रीकाविरुद्ध अविजित १२२ रन बनाएका थिए ।

त्यस्तै यस विश्वकपमा भने यो दशौ शतक हो । रोहितको दुई शतकसहित इङल्याण्डका जोय रुटले पनि यस विश्वकपमा दुई शतक बनाएका छन् । त्यस्तै जेसन रोय, जोनी बैरस्ट्रव, शिखर धवन, शकिब अल हसन, डेभिड वार्नर र एरोन फिन्चले यस विश्वकपमा शतक बनाएका छन् ।

विश्वकपको यस १२औ संस्करणसम्म आइपुग्दा अहिलेसम्म यस विश्वकपका १० शतकसहित १७५ शतक बनेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै