प्रदेश १ को बजेट ४२ अर्ब २० करोड 

खरीबोट

विराटनगर । प्रदेश १ सरकारले ४२ अर्ब २० करोड ४ लाख १२ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले आइतबार आर्थिक वर्ष २०७६-०७७ को बजेट सार्वजनिक गरेका हुन् । 

कुल विनियोजन मध्ये चालु तर्फ १८ अर्ब ५४ करोड ६४ लाख ७६ हजार अर्थात् ४३ दशमलव ९ प्रतिशत र पुँजीगततर्फ २३ अर्ब ५७ करोड ३९ लाख ४३ हजार अर्थात् ५५ दशमलव ९ प्रतिशत बजेट विनियोजन गरिएको छ । 

वित्तिय व्यवस्थातर्फ ८ करोड अर्थात शून्य दशमलव २ प्रतिशत बजेट विनियोजन भएको छ । अन्तर सरकारी हस्तान्तरणका लागि ९९ करोड ९९ लाख ९८ हजार विनियोजन गरिएको छ । 

बजेटले कृषि, उद्योग, पर्यटन, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेको छ । 

आन्तरिक स्रोतबाट ३ अर्ब ८६ करोड, राजस्व बाँडफाँटबाट १० अर्ब ५२ करोड र अनुदानबाट २१ अर्ब २१ करोड आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतका रुपमा रहेको बजेटमा उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब ६१ करोड रहने जनाइएको छ ।
 

सम्बन्धित समाचार

प्रदेश १ मा तरकारी र फलफूलको विषादी परीक्षण प्रयोगशाला स्थापित

विराटनगर । सङ्घीय सरकारले भारतबाट आयातीत तरकारी र फलफूलको विषादी जाँचका लागि केही तयारी गर्ने भनी जनाएको केही दिनमै आजदेखि विराटनगरमा तरकारी र फलफूलमा देखिने विषादी जाँच शुरु भएको छ

प्रदेश १ मन्त्रिपरिषदका निर्णय : मुख्यमन्त्री शेरधन राई अमेरिका जाने

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई अमेरिका जाने भएका छन् । मुख्ममन्त्री तथा मन्त्रिपरिषद्को आज बसेको बैठकले उनलाई अमेरिका जान स्वीकृत दिएको मन्त्रिपरिषद्का प्रवक्ता एवं आन्तरिक मामिला तथा

प्रदेशको नाम अन्तिम चरणमा : मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नाम केही दिनभित्रै सहमतिबाट टुङग््याइने बताएका छन्र । प्रेस सङ्गठन उदयपुरले आज बिहान उदयपुरको गाईघाटमा आयोजना गरेको पत्रकार सम्मेलनमा

प्रदेश १ को पूँजीगत खर्च ८० प्रतिशत पुर्याउने दाबि 

विराटनगर । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अगामी आर्थिक वर्षका लागि सरकारले तयार गरेको बजेटमा पूँजीगत खर्च करीव ८० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताएका छन् । प्रदेश नं. १ सरकारले


z