• २०८१ बैशाख ८ शनिबार

एक घर एक टिभिएस : बीमा तथा तालिम कार्यक्रम सम्पन्न

kharibot

काठमाण्डौं । नेपालका लागि टिभिएस टु व्हीलर्सको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. देशभर प्रत्येक घरमा टिभिएस बाईक तथा स्कूटरलाई स्थान दिलाउन एक घर एक टिभिएस भन्ने अभियान अन्तर्गत नाटुको (नेपाल अटो मेकानिक्स ट्रेड युनियन) सहकार्यमा बीमा तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अध्यक्षता जगदम्बा मोटर्स प्रा.लि का भाईस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले गरेका थिए । त्यसै गरि प्रमुख अतिथिको रुपमा नाटुका अध्यक्ष जीवन अधिकारीको उपस्थिती रहेको थियो । अतिथिको रुपमा नाटुका सम्पुर्ण पदाधिकारीको समेत उपस्थिती रहेको उक्त कार्यक्रमलाई स्वागत मन्तब्य बाट टिभिएसको सर्भिस हेड अमरदीप मजुमदरले स्वागत गरेका थिए । 

नाटु र जगदम्बा मोटर्स परिवारको तर्फबाट संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रमको औपचारिक रुपमा समुद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा टिभिएसको तर्फबाट नाटु जीवन बीमा कोषको लागि ५१ हजार आर्थिक सहायता प्रदान गरिने घोषणा पनि गरिएको थियो भने यसका अलावा नाटु मार्फत बिक्री भएका प्रत्येक बाइक तथा स्कूटरबाट रु. २०० उक्त कोषको लागि छुट्याइने जानकारी पनि गराइएको थियो ।

काठमाण्डौंमा आयोजित प्रशिक्षण शिविर कार्यक्रमको औचित्यको बारेमा दिपक कुमार अग्रवालले प्रकाश पारेका थिए । उन्लले शुभारम्भको अवसरमा आफ्नो मन्तव्यमा भने “टिभिएस अहिले नाटु संग निरन्तर सहकार्य गर्न चाहन्छ । प्रविधिले धेरै फड्को मारेको परिवेशमा अहिले धेरै नयाँ टेक्नोलोजीको विकार भएको हुदा मेकानिक्सहरुलाई तालिम दिनु आवश्यक छ । हामीले दस हजार भन्दा बढि मेकानिक्सहरुलाई तालिम प्रदान गरिसकेका छौं । तालिम मात्र होइन हामीले देशमै रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य को साथ साथै टिभिएस को डिलर सम्म बन्न सकुन भन्ने उद्देश्य लिएको हो । हामी संग यसको प्रत्यक्ष उदाहरण पनि रहेको छ । “साथ छ हाम्रो”, एक घर एक टिभिएस जस्ता महत्वपूर्ण श्लोगनलाई व्यवहारमा लागु गरिसकेका छौं । मोटर साइकल, स्कुटर र तिनपाङ्गे सवारी साधनमा अहिलेको समयमा चाहिने नयाँ विषेशताहरु समावेश गरेका छौं

केही मेकानिक्सहरुलाई टिभिएसको फ्याक्ट्रीमा तालिमको व्यवस्था दिने बारेमा पनि सोचिरहेको कुरा अग्रवालले जानकारी दिदै भने, “ टिभिएस एउटा बहुराष्ट्रिय कम्पनी हो यसको ईतिहास लामो छ । हामीले ग्राहक वर्गहरुलाई निरन्तर गुणस्तरीय सेवा दिने कुरामा कुनै पनि सम्झौता गरेका छैन । हामीले एक घर एक रोजगारको पनि अवधारणा निर्माण गरिरहेका छौ । हामीले सधै अटोमोबाइलको क्षेत्रमा काम गरेका अनुभवी व्यक्तिहरुलाई नै आधिकारीक डिलर दिने गरेका छौं” । तसर्थ सबैले आफ्नो व्यवसायलाई व्यापक बनाउनका लागि निरन्तर रुपमा लागि गर्न आव्हान समेत गरेका छन् । टिभिएस को १०० भन्दा बढि डिलर नेटवर्क र २०० भन्दा बढि सर्भिस नेटवर्क मार्फत गुणस्तर सेवा, जेनुईन पार्टस र ल्युबको उपलब्धतालाई सरल र व्यापक बनाइएको कुरा पनि जानकारी भयो । 

कार्यक्रममा यस अभियानका ब्रान्ड एम्बेस्डरका रुपमा सबै मेकानिक्सका ढुकढुकी माधव पाण्डेलाई घोषणा गरिएको थियो । यस कार्यक्रममा नाटुका विभिन्न पदाधिकारी एवम् ब्रान्ड एम्बेस्डर माधव पाण्डेले समेत आफ्नो मन्तव्य व्यक्त गरेका थिए । 

टिभिएसको टिभिएस साथ छ हाम्रो अभियान एक सफल अभियान हो र यस साथ छ हाम्रो अभियान अन्तर्गत को यो एक घर एक टिभिएस, अर्काे अभियानमा अघि बढेको थुप्रै कार्यक्रमहरु माझ यस तालिम तथा बिमा कार्यक्रम ६७ स्थानहरुमा ३००० मेकानिकलाई  तालिम दिने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै