• २०८१ बैशाख ५ बुधबार

राज्य कोषको दुरूपयोग गर्ने नेतन्याहुकी पत्नीलाई जरीवाना

kharibot

जेरूसेलम । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुकी पत्नी सारालाई राज्यकोषको दुरूपयोगसम्बन्धी मुद्दामा इजरायली एक अदालतले ५५ हजार सेकल (इजरायली) मुद्रा जरिवाना गर्न आइतबार आदेश दिएको छ । यो जरिवाना रकम १५ हजार २७५ अमेरिकी डलर बराबर हो ।

‘द जेरूसेलम मेजिस्ट्रेट कोर्ट’ ले सारा नेतन्याहुले मुद्दामा दावी गरिएजस्तो सम्पूर्ण रकम आफ्नो तर्फबाट दुरूपयोग नगरेको भन्दै जरिवाना रकममा पुनर्विचारका लागि अपिल गरेको र यसप्रति अदालतले सहमति दिएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । 
निवासमा खाना बनाउने मानिस नभएको भन्दै रेष्टुरेण्टबाट महङ्गो खानेकुरा मगाएर खाई सरकारी कोषको हिनाविना गरेको अभियोगमा उनलाई जरिवाना तोकिएको हो ।

प्रधानमन्त्री पत्नी ६० बर्षिया साराले छलपूर्ण तरिकाले सरकारको रकम हिनाविना गरेको र राज्यलाई विश्वासघात गरेको आरोप लागेको थियो ।

वकीलले दिएको जानकारीमा सारा आवासको नियमप्रति अनभिज्ञ रहेको र पाहुनाका लागि खाना उनको सहयोगीद्वारा मगाएको बताइएको छ । 

यो मुद्दाका कारण सर्वसाधारण जनताको चासो बढेको र दवावमा उनीहरूप्रति छानविन भएको वकीलले बताएका छन् ।

प्रधानमन्त्री नेतन्याहुमाथि पनि केही भ्रष्टाचार आारोप लगाइदै आएको छ तर प्रधानमन्त्रीले आफूले कुनै भ्रष्टाचार नगरेको तर भ्रष्टाचारबारे आफूविरूद्धका अफवाह केही इजरायली सञ्चारमाध्यम तथा राजनीतिक प्रतिद्वन्द्वीले आफूलाई बदनाम गर्न रचिएका षड्यन्त्र मात्र भएका बताएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै