भारतले पाकिस्तानलाई दियो ३३७ रनको लक्ष्य

खरीबोट

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई ३३७ रनको लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको छ ।

बर्षाले केहीबेर खेल अवरुद्ध भएपनि बर्षा रोकिए पछि खेल फेरी सूचारू भएको थियो । भारतले ४६.४ ओभरमा ४ विकेट गुमाएर ३०५ रन बनाउदा खेल वर्षाले रोकिएको थियो । अब वर्षा रोकिएकाले खेल ५०-५० ओभरकै हुने भएको छ भने इनिंग ब्रेक १५ मिनेटको बनाइएको छ ।

भारतका लागि ओपनर रोहित शर्माले १४० रनको शतकीय पारी खेलेका थिए । रोहितले ८६ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् । 

भारतका अर्का ओपनर केएल राहुल ५७ रन बनाएर आउट भएका थिए ।

भारतका लागि पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गरेका थिए भने दोस्रो विकेटका लागि रोहित र विराट कोहलीले ९८ रनको साझेदारी गरेका थिए । त्यस्तै विराट र हार्दिकले २६ बलमा ५१ रनको साझेदारी गरेका थिए ।          

कप्तान विराट कोहली ७७ रन बनाएर आउट भए भने हार्दिक पाण्डेयले २६ रन र  महेन्द्र सिंह धोनी एक रन बनाएर आउट भए ।

त्यस्तै विजय शंकरले अविजित १५ रन बनाए भने केदार जादभले अविजित ९ रन बनाए ।

पाकिस्तानका बलर मोहमद अमिरले ३ विकेट लिएका थिए । अमिरले विराट कोहली, हार्दिक पाण्डेय र महेन्द्र सिंह धोनीको विकेट लिएका थिए । त्यस्तै हसन अली र वहाव रियाजले एक एक विकेट लिए ।

रोहितको यस विश्वकपमा भने यो दोस्रो शतक हो भने विश्वकप क्रिकेटमा तेस्रो शतक हो । यस अघि सन् २०१५ को विश्वकपमा रोहितले बंगलादेशविरुद्ध १३७ रन बनाएका थिए । यस विश्वकपको पहिलो खेलमा रोहितले दक्षिण अफ्रीकाविरुद्ध अविजित १२२ रन बनाएका थिए ।

त्यस्तै यस विश्वकपमा भने यो दशौ शतक हो । रोहितको दुई शतकसहित इङल्याण्डका जोय रुटले पनि यस विश्वकपमा दुई शतक बनाएका छन् । त्यस्तै जेसन रोय, जोनी बैरस्ट्रव, शिखर धवन, शकिब अल हसन, डेभिड वार्नर र एरोन फिन्चले यस विश्वकपमा शतक बनाएका छन् ।

विश्वकपको यस १२औ संस्करणसम्म आइपुग्दा अहिलेसम्म यस विश्वकपका १० शतकसहित १७५ शतक बनेका छन् ।
 

सम्बन्धित समाचार

क्रिकेट विश्वकपको सारांश : कुन रेकर्ड कसले बनाए ?

काठमाडौँ । ४६ दिनसम्म चलेको विश्वकप क्रिकेट इङल्याण्डलाई विजेता बनाउदै सकिएको छ । फाइनल खेल निकै विवादमा आएको भएपनि इङल्याण्ड विजेता बनेको छ भने अब क्रिकेटको यो महाकुम्भ अर्को चार बर्षको

जासन रोयको टेस्ट टिममा डेभ्यु, विश्वकपको प्रदर्शनको मिल्यो पुरस्कार !

काठमाडौँ । इङल्याण्डलाई ४४ बर्षको विश्वकपको इतिहासमा पहिलो विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका ओपनर जासन रोयले टेस्ट टिममा डेभ्यु गर्ने भएका छन् । आयरल्याण्डविरुद्ध इङल्याण्डको एक टेस्ट खेलका लागि रोयलाई डेभ्यु

पाकिस्तानका प्रमुख छनौटकर्ता इन्जमाम उल हकद्वारा राजीनामा 

काठमाडौं  । पाकिस्तान क्रिकेट बोर्डका प्रमुख छनौटकर्ता इन्जमाम उल हकले आफ्नो पदबाट राजीनामा दिएका छन् । इन्जमामले बुधबार पाकिस्तान क्रिकेटको प्रमुख छनौटकर्ताबाट राजीनामा दिने घोषणा गरेका हुन् । उनको कार्यकाल यहि जुलाई

बेन स्टोक्सका माता पिताको संकट – छोराको जितमा खुशी हुनेकी देशको हारमा दुखि !

काठमाडौँ । विश्वकप क्रिकेट सकिएपछि पनि यस बारेका चर्चा परिचर्चा अझै सकिएका छैनन् । फाइनलमा अम्पाएरको निर्णयको विवाद, इङल्याण्डलाई विजयी बनाउने आइसीसीको नियमका बारेमा अनेकौ टिप्पणी भैरहेका बेल फाइनल खेलका प्लेयर


z