• २०८१ बैशाख ८ शनिबार

भारतसँग पाकिस्तान पराजित

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको छ । गएराती सम्पन्न बर्षाले प्रभावित खेलमा डक वर्थ लुइस नियम अनुसार भारतले पाकिस्तानलाई ८९ रनले पराजित गरेको हो ।

शुरुमा भारतले पाकिस्तानलाई ३३७ रनओ लक्ष्य दिएको भएपनि वर्षाले खेल अवरुद्ध भएपछि पाकिस्तानले ४० ओभरमा ३०२ रनको नयाँ लक्ष्य पाएको थियो । जवाफमा पाकिस्तानले ४० ओभरमा ६ विकेट गुमाउदै २१२ रन मात्र बनाएपछि भारत ८९ रनले विजयी भएको हो । 

पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ६२ रन बनाए भने बबर आजमले ४८ रन बनाए । त्यस्तै इमाद वासिमले ४६, शडाब खानले २० रन बनाए । त्यस्तै सरफराज अहमदले १२ रन बान्ये भने इमाम उल हकले ७ रन बनाएका थिए ।

भारतीय बलर कुलदीप यादव, हार्दिक पाण्डेय र विजय शंकरले २-२ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको भारतले ५० ओभरमा ५ विकेट गुमाएर ३३६ रन बनाएको थियो ।

बर्षाले केहीबेर खेल अवरुद्ध भएपनि बर्षा रोकिए पछि खेल फेरी सूचारू भएको थियो । भारतले ४६.४ ओभरमा ४ विकेट गुमाएर ३०५ रन बनाउदा खेल वर्षाले रोकिएको थियो । 

भारतका लागि ओपनर रोहित शर्माले १४० रनको शतकीय पारी खेलेका थिए । रोहितले ८६ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका थिए । 

भारतका अर्का ओपनर केएल राहुल ५७ रन बनाएर आउट भएका थिए ।

भारतका लागि पहिलो विकेटका लागि रोहित र राहुलले १३६ रनको साझेदारी गरेका थिए भने दोस्रो विकेटका लागि रोहित र विराट कोहलीले ९८ रनको साझेदारी गरेका थिए । त्यस्तै विराट र हार्दिकले २६ बलमा ५१ रनको साझेदारी गरेका थिए ।          

कप्तान विराट कोहली ७७ रन बनाएर आउट भए भने हार्दिक पाण्डेयले २६ रन र  महेन्द्र सिंह धोनी एक रन बनाएर आउट भए ।

त्यस्तै विजय शंकरले अविजित १५ रन बनाए भने केदार जादभले अविजित ९ रन बनाए ।

पाकिस्तानका बलर मोहमद अमिरले ३ विकेट लिएका थिए । अमिरले विराट कोहली, हार्दिक पाण्डेय र महेन्द्र सिंह धोनीको विकेट लिएका थिए । त्यस्तै हसन अली र वहाव रियाजले एक एक विकेट लिए ।

यो सँगै विश्वकपको इतिहासमा भारतले पाकिस्तानविरुद्ध आफ्नो अपराजित रेकर्ड कायम राखेको छ । अहिलेसम्म विश्वकपमा खेलेका सातै खेलमा भारतले पाकिस्तानलाई पराजित गरेको छ ।

प्रतियोगितामा भारतले यो जितसँगै आफ्ना ४ खेलमा ३ जित र एक बराबरी (बर्षाले रद्ध) पछि ७ सनकसहित अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै पाकिस्तान भने ५ खेलमा ३ हार, एक जित र एक बराबरीसहित केबल ३ अंकसहित नवौ स्थानमा रहेको छ ।

विश्वकप क्रिकेट अन्तर्गत आज बंगलादेश र वेस्टइन्डिजबीचको खेल हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै