• २०८१ बैशाख ८ शनिबार

विजय शंकरको विश्वकप डेभ्यु मै बन्यो रेकर्ड ! 

kharibot

काठमाडौँ । विश्वकप क्रिकेटमा आफ्नो डेभ्यु खेल खेलेका भारतीय अल अलराउन्डर विजय शंकरले आफ्नो डेभ्यु खेललाई यादगार बनाएका छन् । 

विजयले विश्वकपमा पहिलो बलमा विकेट लिएर पहिलो बलमा विकेट लिने पहिलो खेलाडी बनेका छन् । विश्वमा भने विश्वकपमा पहिलो बलमा विकेट लिने तेस्रो खेलाडी बनेका हुन् ।

पाकिस्तानले ब्याटिंग गरिरहेका बेला पाँचौ ओभरमा भारतीय बलर भुवनेश्वर कुमार घाइते भएर मैदान छोडेपछि उनको बाँकी २ बल बलिङ गर्न विजय आएका थिए । विजयले आफ्नो विश्वकपको पहिलो बलमा नै पाकिस्तानका इमाम उल हकलाई एलबि डब्लु आउट गर्दै यस्तो रेकर्ड बनाएका हुन् ।

विश्वकपको इतिहासमा भने यस अघि बरमुडाका मलाची जोसले सन् २००७ को विश्वकपमा भारतीय ओपनर रोबिन उथप्पालाई पहिलो बलमा आउट गरेका थिए । त्यस्तै सन् २००३ मा अस्ट्रेलियाका इयान हार्वेले पाकिस्तानका ओपनर सलीम इलाहीलाई पहिलो बलमा आउट गरेका थिए ।

विजयले ब्याटिंग गर्दै १५ रन अविजित समेत बनाएका थिए ।

भारतको तामिलनाडु राज्यका २८ बर्षिय विजय विश्वकप खेल्नु अघि केबल ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । विजयले यसै बर्ष जनवरीमा अस्ट्रेलियाविरुद्ध एकदिवसीय खेलमा डेभ्यु गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै