• २०८१ बैशाख ८ शनिबार

विदेशीसँग विवाह गर्ने बलिवुडका यी अभिनेत्री   

kharibot

मुम्बई । बलिवुड अभिनेत्रीहरुको अफ्येर्सले फिल्ममा काम गरेको भन्दा पनि बढी चर्चा पाउने गर्दछ । बलिवुड अभिनेत्रीहरुको आफुसंगै काम गर्ने अभिनेता,क्रिकेटर र व्यापारीहरुसँगको अफ्येर्स जहिले पनि चर्चा हुने गर्दछ । तर यस रिपोर्टमा विदेशीसँग अफ्येर्स गरेका र विवाह गरेका केहि बलिवुड अभिनेत्रीहरुको बारेमा चर्चा गर्दैछौ ।

बलिवुडमा हाउसफुल-३, क्विन, आयशा जस्ता फिल्ममा काम गरेकी अभिनेत्री लिजा हेडनले सन् २०१६ मा ब्रिटिश मुलका व्यापारी डिनो लालवानीसँग विवाह गरेकी थिइन् । विवाहको एक बर्षपछि लिजाले छोरालाई जन्म दिएकी थिइन् ।

विदेशीसँग विवाह गर्ने अभिनेत्रीको सुचिमा प्रिती जिन्टाको नाम समेत रहेको छ । प्रितीले लामो समय देखि डेट गरिरहेका आफ्ना अमेरिकी प्रेमी जीन गुडेफसँग २०१६ मा विवाह गरेकी थिइन् । जीनले अमेरिकामा इनर्जीको क्षेत्रमा काम गरिरहेका छन् ।

त्यस्तै बर्फी, रुस्तम, बाद्शाहो जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री एलियाना डिक्रुजको पनि हाल विदेशी प्रेमी एन्ड्र्यु निबोनसँग अफ्येर्समा रहेकी छन् । बिचमा एलियानाले निबोनसँग विवाह गरेकी मिडिया रिपोर्ट आएको भएपनि एलियानाले अझै विवाह नगरेको बताएकी थिइन् ।

त्यस्तै फिल्म दृश्यम फिल्ममा अजय देवगनकी श्रीमतीको भूमिका गर्ने अभिनेत्री श्रेया सरनले २०१८ मा रुसी प्रेमी आन्द्रेइ कोसचीभसँग विवाह गरेकी छन् ।श्रीया दक्षिण भारतकी चर्चित अभिनेत्री समेत हुन् ।

त्यस्तै अपना सपना मनि मनि, खेल, नो इन्ट्री जस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री सेलिना जेटलीलेप अनि विदेशीसँग विवाह गरेकी छन् । सलिनाले दुबईका होटल व्यवसायी पिटर हगसँग २०११ मा विवाह गरेकी थिइन् । उनका जुडवा बच्चा समेत रहेका छन् ।

पर्च्ड, प्याडम्यान, अन्धाधुन, काबील, लस्ट स्टोरिजजस्ता फिल्ममा अभिनय गरेकी अभिनेत्री राधिका आप्टेले सन् २०१२ मै विदेशी प्रेमीसँग विवाह गरेकी थिइन् । राधिका लन्डनमा नृत्य सिक्न गएका बेला उनको भेट बेनेडिक्ट टेलरसँग भएको थियो । सोहि भेटपछि उनीहरुले विवाह गरेका थिए । टेलर भ्वाइलिन बाधकका साथै म्युजिक कम्पोजर समेत हुन् ।                                                                   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै