• २०८१ बैशाख ७ शुक्रबार

आयुष्मान र शिल्पाको फिल्म 'सानो मन' को ट्रेलर सार्वजनिक  

kharibot

काठमाडौँ ।  फिल्म ‘सानो मन’ को  ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले आइतबार प्रेम र रोमान्सले भरिएको ट्रेलर सार्वजनिक गरेको छ । ट्रेलरमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको प्रेममा आउने उचारचढाव देखाइएको छ ।

असार २० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्मलाई सुयोग गुरुङले निर्देशन गर्दै छन् । निर्देशनमा गुरुङको यो डेब्यू निर्देशन हो ।

फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा फिल्म बनेको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङले मिलेर लेखेको फिल्मलाई आलोक शुक्लाले खिचेका हुन् ।

यम ओली प्रोडक्सन डिजाइन रहेको फिल्मको एक गीत थाईल्यान्डको पतायाको समुन्द्री किनारमा खिचिएको छ । काठमाडौं, भैरहवालगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् ।

रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्युजिकल लभस्टोरी जनरामा निर्माण भएको निर्देशक गुरुङले बताए ।

फिल्मको ट्रेलर : 


सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै