• २०८१ बैशाख ४ मंगलबार

कमेन्ट र्यांकिङ ल्याउँदै फेसबुक, सार्थक हुनेछ वार्तालाप 

kharibot

काठमाडौं । सार्वजनिक पोस्टमा गरिने वार्तालापलाई सार्थक बनाउन फेसबुकले आफ्नो सामाजिक सञ्जालमा एक अपडेट गरेको छ । यसको माध्यमले अब त्यस्ता  मानिसलाई प्रमोट गरिनेछ जसको कमेन्ट प्रयोगकर्ताका लागि धेरै प्रासंगिक हुन सक्छन् । 

फेसबुकले अब पेज वा पोस्ट गर्नेका साथीका कमेन्टलाई मुख्य रुपमा देखाउने भएको छ । 

फेसबुकका प्रडक्ट मेनेजर जस्टिन शेनले भने, ‘हामी सुरक्षामा पनि त्यतिकै ध्यान दिनेछौं, गुणवान् कमेन्ट प्रमुख रुपमा नदेखियोस् । त्यो चाहे पोस्ट गर्ने व्यक्ति अथवा उनका साथी  नै किन नहोऊन् । 

प्रयोगकर्ताले आफ्नो पोस्टमा कमेन्ट लुकाएर, हटाएर त्यसलाई नियन्त्रित गर्न सक्छन् । जसको फेसबुकमा धेरै साथी छैनन्, तिनीहरुको कमेन्ट धेरै नहुने भएकाले र्यांकिङ आफै सुरु हुँदैन । तथापि, कसैले पनि आफ्नो सेटिङमा गएर कमेन्ट र्यांकिङ गएर सुरु गर्न सकिन्छ । 

मानिसहरुले सुरक्षित र प्रामाणिक कमेन्ट हेर्न सकून् भन्ने आफ्नो धारणा रहेको फेसबुकले बताएको छ । यदि कुनै कमेन्टले समुदायको अनादर गर्छ भने त्यस्ता कमेन्टलाई हटाइनेछ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै