एकीकरण गर्दा भएका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्छ – प्रचण्ड 

खरीबोट

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका समयमा भएका सबै सहमति इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा रितबहादुर खड्काको १७ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले सहमतिअनुसार नै पार्टी सञ्चालन सञ्चालन हुनुपर्ने बताए ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण हुँदा सत्ता हस्तान्तरणका विषयमा भएको सहमतितर्फ संकेत गर्दै प्रचण्डले सहमतिहरु इमान्दारिताका साथ कार्यान्वयन हुनुपर्ने बताए । उनले सहिदका सपना साकार पार्न कम्युनिस्ट पार्टीलाई जनताले मत दिएको प्रष्ट पार्दै त्यसलाई खेर जान दिन नहुने बताए ।

प्रचण्डले जनवादमार्फत् समाजवादमा पुग्ने कम्युनिस्ट पार्टीको लक्ष्य भएको बताए । पार्टी एकीकरण गर्दा प्रष्ट रुपमा वैचारिक लाइन तय भइसकेको भए पनि कतिपय नेताहरुले यसलाई गलत ढंगबाट व्याख्या गरेको उनको भनाइ थियो ।
 

सम्बन्धित समाचार

प्रचण्डसहित नेकपा नेताहरुसँग राष्ट्रपति सीको सामुहिक भेटवार्ता  

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जीनपीङले नेकपाका सचिवालय सदस्यहरूसँग सामुहिक भेटवार्ता गरेका छन् । राष्ट्रपति सीले आइतवार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनालसहित नेकपाका सचिवालय सदस्यहरूसँग भेटवार्ता

दुई तिहाइ सरकारको मूल्याङ्कन जनताले गरिराखेका छन् : माधव नेपाल

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले दुई तिहाइ सरकारको कामको मूल्याङ्कन नेपाली जनताले गरिराखेको बताएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठान जिल्ला समितिले सूर्यविनायकमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा

सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाको महरालाई सुझाव 

काठमाडौँ । सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाले सुझाव दिएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सभामुख र सांसद दुवै पदबाट राजीनामा दिएर

राजीनामापछि नेकपाबाट सभामुख बन्न संबैधानिक अड्चन, यस्तो छ व्यवस्था 

काठमाडौँ । सभामुख कृष्णबहादुर महराले राजीनामा गरेपछि अब अर्को सभामुख को बन्छ भन्ने प्रश्न उठ्न शुरु भएको छ । महराले राजीनामा दिएपछि अब संबिधान अनुसार नेकपाबाट सभामुख बन्न नमिल्ने व्यवस्था रहेको


z