• २०८१ बैशाख ८ शनिबार

पाकिस्तानमा नयाँ आइएसआई प्रमुख नियुक्त

kharibot

इस्लामावाद (पाकिस्तान) । पाकिस्तानको सेनाले लेफ्टीनेन्ट जनरल फैज हमीदलाई पाकिस्तानको शक्तिशाली गुप्तचर निकाय (आइएसआई) को नयाँ महानिर्देशकमा नियुक्त गरेको छ ।

पाकिस्तानी सेनाले आइतबार जारी गरेको विज्ञप्तिमा आइएसआईका वर्तमान प्रमुख लेफ्टीनेन्ट जनरल आसिम मुनिरको स्थापनमा हमिदलाई नियुक्त गरिएको उल्लेख छ । लेफ्टीनेन्ट जनरल नवीद मुख्तारको अवकाश पछि नियुक्त भएका मुनिरलाई आठ महिनापछि नै हटाइएको छ ।

हमिदले यसअघि आइएसआईको प्रतिजासुसी विभागको प्रमुखका रुपमा सेवा गरिसकेका छन् । उनी गत अप्रिल १२ मा लेफ्टीनेन्ट जनरलमा पदोन्नति भएका थिए ।

सन् १९५० मा स्थापना भएको आइएसआईलाई पाकिस्तानी हित र राष्ट्रिय सुरक्षाका मामिलामा देश भित्र र बाहिर गुप्तचरी गर्ने प्रमुख जिम्मेवारी दिइएको थियो । यसको प्रधान कार्यालय हाल इस्लामावादमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै