• २०८१ बैशाख ७ शुक्रबार

भुवनेश्वर कुमारले विश्वकपका कम्तिमा तीन खेल खेल्न नसक्ने

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट खेलिरहेको बह्रतीय टिमका तिब्र गतिका बलर भुवनेश्वर कुमार  कम्तिमा तीन खेल खेल्न नसक्ने भएका छन् ।

आइतबार पाकिस्ताविरुद्धको खेलको पाँचौ ओभर बलिङ गर्ने क्रममा खुट्टाको माशंपेशीमा समस्या आएपछि बलिङ छोडेर मैदान बाहिर गएका भुवनेश्वर भारतका दुई देखि तीन खेल खेल्न नसक्ने भएका हुन् ।

भारतीय टोलीका कप्तान विराट कोहलीले भुवनेश्वर कुमारले दुई तीन खेल गुमाउने बताउदै उनको ठाउमा अर्का तिब्र गतिका बलर मोहमद सामी खेल्ने बताएका छन् । भुवनेश्वरले भारतले अब खेलने अफगानिस्तान, वेस्टइन्डिज र इङल्याण्डसँगका खेल गुमाउने छन् ।

जारी विश्वकपमा घाइते हुने भुवनेश्वर भारतका दोस्रो खेलाडी हुन् ।यसअघि अस्ट्रेलियासँगको खेलमा हातमा फ्र्याक्चार भएपछि ओपनर शिखर धवन कम्तिमा दुई साता खेल्न नसक्ने भएका छन् ।

जारी विश्वकपमा भारतले आफ्नो पाँचौ खेल २२ जुनमा अफगानिस्तानसँग खेल्ने छ । अहिलेसम्म खेलेका सुरुवाती ४ खेलमा ३ मा जित निकाल्दै भारत ७ अंकका साथ तेस्रो स्थानमा छ । न्युजील्याण्डविरुद्धको तेस्रो खेल बर्षाले रद्ध हुदा दुवैले एक एक अंक बाडेका थिए ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै