• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्रीलाई भेटेर एकनाथले मागे संसदमा प्रतिनिधित्व 

kharibot

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकालले संसदमा आफ्नो पार्टीको प्रतिनिधित्व हुनु पर्ने बताएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर निर्वाचन अघिको ३ बुँदे सहमति कार्यान्वयन गर्न उनले ध्यानाकर्षण समेत गराएका छन् ।

उनले ओलीलाई भेटेर नेपाल परिवार दलले संचालन गरेको राष्ट्र जागरण अभियानको बारेमा जानकारी तथा तत्कालिन नेकपा एमाले र नेपाल परिवार दलबीच भएको ३ बुँदे सहमतिको कार्यन्वयनको लागि ध्यानाकर्षण गराएका हुन् ।

परिवार दलले उक्त बिषयमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डलाई पनि ध्यानाकर्षण गराउने बताएको छ ।

गत निर्बाचनको बेलामा परिवार दलले तीन बुँदे सहमति गरि वाम गठबन्धनलाई सघाएको थियो । सहमतिमा परिवार दलको संसदमा प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख भएको दावी छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै