• २०८१ बैशाख १३ बिहीबार

गुठी विधेयक बारे प्रधानमन्त्रीले काठमाडौँका सांसदसँग छलफल गर्दै

kharibot

काठमाडौं । गुठी विधेयक बारेको विवाद समाधान गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल शुरु गरेका छन् ।

प्रधानमन्त्री ओलीले अपराहन्न ३ बजे काठमाडौँ उपत्यकाका सांसदहरुलाई छलफलका लागि आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका छन् ।

संसद्‍मा पेस भएको ‘गुठी विधेयक’ तत्काल खारेज र पुनर्लेखनको मागसहित राजधानीलगायत देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका छन् । देशकै पहिचान समाप्त गर्न गुठी विधेयक ल्याएको संसदलाई संस्कृति प्रेमीको आरोप रहेको छ । 

विधेयक खारेजी माग गर्दै अघिल्लो हप्तादेखि सरोकारवाला सडक प्रदर्शनमा उत्रिएका छन् । गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ खारेजलगायतका मागहरु उनीहरूका छन् ।

साताब्यापी युरोप भ्रमण सकेर आइतबार काठमाडौँ आएपछि प्रधानमन्त्री ओलीले विधेयकमा समस्या भए छलफल गर्ने तयार रहेको बताएका थिए ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै