• २०८१ बैशाख ८ शनिबार

भारतीय गाडीको प्रयोग बढ्दो, ट्राफिक प्रहरीद्वारा जाँचमा कडाइ

kharibot

सिरहा । सिरहा आसपासका क्षेत्रमा भारतीय नम्बर पलेटको गाडीको प्रयोग बढेको पाइएको छ । भारतीय नम्बरका गाडीको प्रयोगले राजश्व चुहावट भइरहेको छ ।

राजश्व नतिरी भारतीय गाडी प्रयोग गर्ने चलन बढ्दै गएको जिल्ला भन्सार कार्यालय सिरहाका कर्मचारी बताउँछन् । प्रभावशाली तथा माथि पहुँच भएका व्यक्तिले भारतीय नम्बर प्लेटको गाडी चढ्ने गरेकाले नियन्त्रणमा समस्या आएको प्रहरी अधिकारी बताउँछन् ।

 जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतका अनुसार भारतीय नम्बरका मोटरसाइकलको रु १०० तथा कार, जिपको दैनिक ४०० राजश्व तिर्नुपर्छ । भारतीय नम्बर प्लेटका गाडी अस्थायी पैठारीअन्तर्गत शुल्क बुझाएर एक वर्षमा ३० दिनसम्म मुलुकभित्र चलाउन सकिने कानूनी प्रावधान रहेको छ । सीमावर्ती बजारसम्म बिहान आएर बेलुकी फर्कंनका लागि शुल्क तिर्न नपर्ने छुट दिइएको छ । भारतसँग सीमा जोडिएका ठाउँमा राजश्व नतिरी वर्षौंसम्म भारतीय नम्बरका गाडी प्रयोग हुने गरेको छ ।

राजनीतिक दलका स्थानीय नेता, तस्कर तथा व्यापारीले यस्ता गाडीको बढी प्रयोग गर्ने गरेका छन् । वास्तविक मूल्यको करीब एक चौथाइ मूल्यमात्र पर्ने भएकाले भारतीय सीमासँग जोडिएका गाँउमा अधिकांशको रोजाइमा भारतीय नम्बर प्लेटका गाडी पर्ने गरेका छन् । पछिल्लो केही समययता जिल्ला ट्राफिक कार्यालय सिरहा लहान मातहतका ट्राफिक प्रहरी चेक पोष्टले भारतीय नम्बर प्लेटका गाडीलाई जाँचको कार्यलाई तीव्रता दिएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै