• २०८१ बैशाख १३ बिहीबार

युनिभर्सल बोस गेल १३ बल खेलेर डक आउट !

kharibot

तस्बीर : इएसपीएन

काठमाडौँ । विश्वकप अन्तगर्त अहिले वेस्टइन्डिज र बंगलादेशबीच खेल भइरहेको छ । वेस्टइन्डिजले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

वेस्टइन्डिजका ओपनर क्रिस गेल शुन्य रनमा आउट भएका छन् । १३ बल खेलेका गेल कुनै रन नबनाई आउट भएका हुन् । विश्वकै सबै विस्फोटक ब्याट्सम्यानको छबी बनाएका युनिभर्सल बोस उपनामले चिनिने गेल १३ बल खेलर कुनै रन बनाउन नसकी आउट भएपछि

यस खेलमा वेस्टइन्डिज ब्याक फुटमा आएको छ । यो समाचार तयार गरुन्जेल वेस्टइन्डिजले १० ओभरमा एक विकेट गुमाएर ३२ रन बनाएको छ ।  

गेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो २५औ डक आउट हो । २९४ खेल खेलेका गेल २५औ पटक बिना रन बनाई आउट भएका छन् ।

एकदिवसीय क्रिकेटमा धेरै पटक डक आउट हुने रेकर्ड भने श्रीलंकाका सनथ जयसूर्याको नाममा रहेको छ । जयसूर्या ३४ पटक शुन्यमा आउट भएका छन् । त्यस्तै पाकिस्तानमा शाहिद अफ्रिदी ३० पटक, पाकिस्तान कै वाशिम अक्रम र श्रीलंकाका महिला जयवर्धने २८-२८ पटक डक आउट भएका छन् । त्यस्तै श्रीलंकाका लातिस मलिंगा २६ पटक डक आउट भएका छन् ।

प्रतियोगितामा वेस्टइन्डिज र बंगलादेश दुवै अहिलेसम्म खेलेका चार खेलमा एक जित, २ हार र एक बराबरी (बर्षाले रद्ध) सहित ३-३ अंक हासिल गरेका छन् ।   
                          
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै