• २०८१ बैशाख ७ शुक्रबार

गर्मीले तराईको जनजिवन प्रभावित बिद्यालय एक साताका लागि बन्द 

kharibot

बारा । अत्याधिक गर्मीका कारण तराईमा जनजिवन प्रभावित बनेको छ । गर्मी बढे पछि बाराका सम्पूर्ण बिद्यालय एक साताका लागि बन्द गरिएका छन् ।

तराईमा दिन प्रति दिन गर्मी बढे पछि पठन–पाठनमा समस्या आएको भन्दै सामुदायिक बिद्यालयका अभिभावकहरुको अनुरोधमा एक साताका लागि बिद्यालय बन्द गरिएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला शिक्षा समन्वय समितिको बैठकले असारको पहिलो साता सम्मका लागि अर्थात् ७ दिन सम्मका लागि बिद्यालयको पठन–पाठन बन्द गर्ने निर्णय गरेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलको अध्यक्षतामा सामुदायिक तथा निजि सबै बिद्यालयहरु एक साता सम्म बिदा गरिने निर्णय गरेको जिल्ला शिक्षा समन्वय कार्यालयका प्रमुख अशोक रौनियारले जनाए ।

जिल्लामा यस वर्ष कै अत्यधिक गर्मि महसुस गरिएको छ । सिमरा विमानस्थलमा राखिएको ताप मापन यन्त्रमा तीन दिन यता यस वर्ष कै सबै भन्दा बढी ४० डिग्री ताप मापन गरिएको छ । 

अत्यधिक गर्मीका कारण सर्वसाधारणको जनजिवन प्रभावित बनेको छ । मध्य दिनको गर्मी छल्न बृद्धबृद्धा र महिलाहरु गाउँका चोक चौताराका रुखको छहारीमा बस्ने गरेका छन् । कति पय नियमित काममा जानेहरुले छाताको साहरा लिएकोे देखिन्छ । अत्यधिक गर्मिका कारण व्यापार व्यावसायमा समेत मन्दी देखिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै