अनुदान संझौता नगरे वा पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने

खरीबोट

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले हालसम्म अनुदान संझौता नगरेका लाभग्राहीहरुलाई यही असार २१ गतेभित्र अनुदान सम्झौता गरी असार मसान्तभित्र अनुदानको पहिलो किस्ता लिन अनुरोध गरेको छ । 

प्राधिकरणले उल्लेखित समयसीमाभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता नलिए लाभग्राही सूचीबाट हटाइने अवगत पनि गराएको छ ।  

निजी आवास अनुदानका ६० हजारभन्दा बढी भूकम्प प्रभावितहरु लाभग्राही बनेपछि पनि अनुदान सम्झौता गर्न नआएपछि समयसीमा निर्धारण गर्नु परेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरले बताए । 

सोमबार अपरान्हसम्मको तथ्यांकअनुसार ८ लाख २६ हजार ३३३ लाभग्राहीमध्ये ७ लाख ६६ हजार ३१७ ले मात्र अनुदान सम्झौता गरेका छन् ।

भूकम्प प्रभावित लाभग्राहीले अनुदान सम्झौता गर्न आआफ्नो वडा कार्यालयहरुमा सम्पर्क राख्नुपर्नेछ । 

त्यसैगरी, अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीहरुलाई यही असार मसान्तभित्र पहिलो किस्ता बापतको अनुदान रकम लिइसक्न पनि प्राधिकरणले आग्रह गरेको छ । 

अनुदान सम्झौता गरेका ७ लाख ६६ हजार ३१७ मध्ये सोमबार अपरान्हसम्म ७ लाख ६१ हजार ५४२ ले पहिलो किस्ता लिएका छन् । 

असार मसान्तभित्र पहिलो किस्ता नलिए त्यस्ता लाभग्राहीको नाम पनि सूचीबाट हटाइने प्राधिकरणले जनाएको छ । 

निजी आवास अनुदानको पहिलो किस्ता बापत लाभग्राहीले ५० हजार रुपैयाँ पाउँछन् । प्राधिकरणको मापदण्डअनुसार घरको जग हाली उनीहरु दोस्रो किस्ताको १ लाख ५० हजार रुपैयाँका लागि निवदेन दिन सक्छन् ।

प्राधिकरणले लाभग्राहीलाई अनुदान सम्झौता गर्न तथा पहिलो किस्ता लिन लाभग्राहीलाई  कार्यमा स्थानीय तहहरुको सहयोगको अपेक्षा गरेको छ ।
 

सम्बन्धित समाचार

खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचारु नगरेकोका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचारु गर्न अनुरोध गरेको छ ।  अनुदान सम्झौता गरेलगत्तै

चार हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हट्यो

भक्तपुर । लाभग्राही सूचीमा परेर पनि अनुदान सम्झौता नगर्ने जिल्लाका चार हजार २४७ भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यालयले गत असार २१ गतेसम्म अनुदान सम्झौता

पहिलो किस्ता नलिनेको नाम लाभग्राहीको सूचीबाट हटाउँदै राष्ट्रिय पुनर्निर्माण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राहीको सूचीबाट हटाएको छ । त्यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिनेहरु

प्राधिकरणका सिइओ ज्ञवाली जेनेभा प्रस्थान

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवाली स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गरेका छन् । भूकम्पपछि नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी भएका प्रगति र अनुभवबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराई


z