बझाङमा जीप दुर्घटना : ८ जनाको मृत्यु 

खरीबोट

बझाङ । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ । तर उनीहरुको सनाखत भने हुन सकेको छैन् ।

जीप कठिन ठाँउमा खसेकोले उद्दारमा कठिनाई भइरहेको वडा प्रहरी कार्यालयका  प्रहरी नायब नीरिक्षक महानन्द जोशीले जानकारी दिए । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन्। दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको घटना स्थलतर्फ गएको छ ।
 

सम्बन्धित समाचार

दाउन्नेमा ट्रक पल्टिएर दुईको मृत्यु

परासी । पश्चिम नवलपरासीको दाउन्ने उकालोमा आज भएको ट्रक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना४ख ४५०४ नंको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४

दुर्घटनामा दुईको मृत्यु

फिदिम । पाँचथरमा मंगलबार राति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दुर्घटना हुँदा धादिङ घर भएका चालक विनोद तामाङ र हिलिहाङ–२ घर भएका भीम

बंगलादेशमा दुई ट्रेन एक आपसमा ठोक्किए, १५ जनाको मृत्यु

ढाका । बंगलादेशको ब्रह्माणबाडिया जिल्लामा दुई ट्रेन एक आपसमा ठोक्किदा कम्तिमा १५ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् । घटनामा घाइतेको

काभ्रेमा दुर्घटनामा एकको मृत्यु

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका– १० जनागालस्थि अरनिको राजमार्गमा आज बिहान टिपर र बोलेरोले मोटरसाइकल च्यापिँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । इलाका


z