• २०८१ बैशाख ६ बिहीबार

बझाङमा जीप दुर्घटना : ८ जनाको मृत्यु 

kharibot

बझाङ । बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ । तर उनीहरुको सनाखत भने हुन सकेको छैन् ।

जीप कठिन ठाँउमा खसेकोले उद्दारमा कठिनाई भइरहेको वडा प्रहरी कार्यालयका  प्रहरी नायब नीरिक्षक महानन्द जोशीले जानकारी दिए । जीप दुर्घटनाको कारण खुल्न सकेको छैन्। दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ ।

बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको घटना स्थलतर्फ गएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै