सुविधा सम्पन्न प्रहरी भवनको सिलान्यास

खरीबोट

बारा । बारा जिल्ला स्थित ईलाका प्रहरी कार्यालय सिमराको ६ करोड १८ लाखको लागतमा सुविधा सम्पन्न नयाँ भवन निमार्ण कार्यको सोमवार एक कार्यक्रमका बिच सिलान्यास भएको छ ।

डिएफआईडी युकेको आर्थिक सहयोगमा निर्माण हुँन लागेको नयाँ भवनको बिहान विधि पुर्वक पुजा अर्चना गरेर जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक (एसपी) सानुराम भट्टराईले शिलन्याश गरेका हुन् ।

डिएफआईडीको आर्थिक सहयोगमा एक वर्ष भित्र निमार्ण कार्य सम्पन्न हुँने नयाँ भवनमा साँढे दुई तल्लाको कार्यालय भवन र साँढे तीन तल्लाको सुरक्षाकर्र्मीका लागि  आवश्यक आवास गृह निमार्ण हुँने ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक (डिएसपी) गोविन्द पुरीले बताए ।

ईलाका प्रहरी कार्यालय सिमराको कार्यालय र सुरक्षाकर्मीका लागि निर्माण हुँने आवास गृहको भवन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ जगदम्बा स्टिल प्रा.लिको सामुन्ने पट्टीको ९ कठ्ठा क्षेत्रफलमा रहेका छ ।

सुरक्षाकर्मीको दरबन्दी अनुसार अहिले हामी बस्दै आएको भवन अत्यन्त साँघुरो भएकाले नयाँ भवनको आवश्यक भएको डिएसपी पुरीले बताए । सिमरा बिमानस्थल रोडमा रहेको ईप्रका सिमरा प्रहरी निरिक्षकको नेतृत्वमा रहँदा एक सय ३५ जना सुरक्षाकर्मीको दरबन्दी रहेको थियो , भने हाल यसको स्तरउन्नती भएर डिएसपी मातहतमा रहेको छ   ।

हिजोको तुलनामा अब ईप्रका सिमरा डिएसपीको मातहतमा हँुने बिक्तिकै स्वभाविक रुपमा जनशक्ती पनि बढ्ने भएकोले बढेको जनशक्तीको लागि पनि नयाँ भवन अत्यन्त जरुरी रहेको पुरीले बताए ।

ईप्रकाको नयाँ भवन  विशेष गरी अपाङ्ग मैत्रि बन्ने छ , भने सो भवनमा सुरक्षाकर्मीका लागि चाहिने आवश्यक संरचना सबै निमार्ण हुने छ । भवनको अगाडीको भागमा साँढे दुई तल्लाको  कार्यालय भवन र पछाडी पट्टी साँढे तीन तल्लाको आवास भवन सहिँत भान्सा घर र शौचालय निमार्ण हुने बताईएको छ ।

नयाँ भवनले ईलाका प्रहरी कार्यालयको दरबन्दी र त्यसले अपेक्षा गरेको संख्या धान्न सक्नेछ । अब हामीले सुरक्षाकर्मीको लागि अन्यत्र कोठा खोजिरहँनु पर्दैन डिएसपी पुरीले भने– सिमरामा प्रहरीको लागि निमार्ण हुँने नयाँ भवनको निमार्ण कार्यको सम्पूर्ण जिम्मा लामा कन्ट्रक्सन काठमाण्डौंले जिम्मा लिएको छ ।
 

सम्बन्धित समाचार

ट्याक्टरको ठक्करबाट बारामा एकको मृत्यु

बारा । ट्रयक्टरले ठक्कर दिदा बारामा एक जना मोटरसाईकल चालकको मृत्यु भएको छ । दुर्घटनमा परि कलैया उपमहानगरपालि वडा नं.३ भवानिपुर बस्ने बिनोद साहको मृत्यु भएको हो । बिरगंजबाट कलैया तर्फ जाँदै

चन्दा बाटै चल्छ प्रदेश २ को एक मात्रै गुम्बा बिद्यालय

बारा । बाराको निजगढ नगरपालीकाको १० नम्बर वडामा पर्ने दुर्गम क्षेत्रको चुरे पहाडमा अवस्थित प्रदेश दुई कै एक मात्र पाल युल सम्तेन लिङ्ग गुम्बा बौद्ध बिद्यालय ! जुन की चन्दा

भारतीय नक्शाको विरोधमा बारामा प्रर्दशन

बारा । छिमेकी मुलुक भारतले नेपालको भू—भाग भारतीय नक्शामा गाभिएको राजनीतिक नक्शा सार्वजनिक गरे पछि त्यसको विरोधमा बाराको विभिन्न स्थानमा विरोध प्रर्दशन गर्दै आई रहेका छन् । भारतीय विस्तारवाद मुर्दावादको नारा

बारामा गाउँले र प्रहरीबीच झड्प,  एक दर्जन घाइते

बारा । बिवादित जग्गामा छठको मठ (सिर्सोत्ता) हटाउने विषयमा गाउँले र प्रहरीबीच झड्प हुँदा प्रहरी र गाउँले दुबैतर्फ गरी करिव डेढ दर्जन घाईते भएका छन् । बाराको कलैया उपमहानगरपालिकास्थित बकुलहरमा छठ


z