• २०८१ बैशाख ८ शनिबार

सुविधा सम्पन्न प्रहरी भवनको सिलान्यास

kharibot

बारा । बारा जिल्ला स्थित ईलाका प्रहरी कार्यालय सिमराको ६ करोड १८ लाखको लागतमा सुविधा सम्पन्न नयाँ भवन निमार्ण कार्यको सोमवार एक कार्यक्रमका बिच सिलान्यास भएको छ ।

डिएफआईडी युकेको आर्थिक सहयोगमा निर्माण हुँन लागेको नयाँ भवनको बिहान विधि पुर्वक पुजा अर्चना गरेर जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी उपरिक्षक (एसपी) सानुराम भट्टराईले शिलन्याश गरेका हुन् ।

डिएफआईडीको आर्थिक सहयोगमा एक वर्ष भित्र निमार्ण कार्य सम्पन्न हुँने नयाँ भवनमा साँढे दुई तल्लाको कार्यालय भवन र साँढे तीन तल्लाको सुरक्षाकर्र्मीका लागि  आवश्यक आवास गृह निमार्ण हुँने ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरिक्षक (डिएसपी) गोविन्द पुरीले बताए ।

ईलाका प्रहरी कार्यालय सिमराको कार्यालय र सुरक्षाकर्मीका लागि निर्माण हुँने आवास गृहको भवन जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ जगदम्बा स्टिल प्रा.लिको सामुन्ने पट्टीको ९ कठ्ठा क्षेत्रफलमा रहेका छ ।

सुरक्षाकर्मीको दरबन्दी अनुसार अहिले हामी बस्दै आएको भवन अत्यन्त साँघुरो भएकाले नयाँ भवनको आवश्यक भएको डिएसपी पुरीले बताए । सिमरा बिमानस्थल रोडमा रहेको ईप्रका सिमरा प्रहरी निरिक्षकको नेतृत्वमा रहँदा एक सय ३५ जना सुरक्षाकर्मीको दरबन्दी रहेको थियो , भने हाल यसको स्तरउन्नती भएर डिएसपी मातहतमा रहेको छ   ।

हिजोको तुलनामा अब ईप्रका सिमरा डिएसपीको मातहतमा हँुने बिक्तिकै स्वभाविक रुपमा जनशक्ती पनि बढ्ने भएकोले बढेको जनशक्तीको लागि पनि नयाँ भवन अत्यन्त जरुरी रहेको पुरीले बताए ।

ईप्रकाको नयाँ भवन  विशेष गरी अपाङ्ग मैत्रि बन्ने छ , भने सो भवनमा सुरक्षाकर्मीका लागि चाहिने आवश्यक संरचना सबै निमार्ण हुने छ । भवनको अगाडीको भागमा साँढे दुई तल्लाको  कार्यालय भवन र पछाडी पट्टी साँढे तीन तल्लाको आवास भवन सहिँत भान्सा घर र शौचालय निमार्ण हुने बताईएको छ ।

नयाँ भवनले ईलाका प्रहरी कार्यालयको दरबन्दी र त्यसले अपेक्षा गरेको संख्या धान्न सक्नेछ । अब हामीले सुरक्षाकर्मीको लागि अन्यत्र कोठा खोजिरहँनु पर्दैन डिएसपी पुरीले भने– सिमरामा प्रहरीको लागि निमार्ण हुँने नयाँ भवनको निमार्ण कार्यको सम्पूर्ण जिम्मा लामा कन्ट्रक्सन काठमाण्डौंले जिम्मा लिएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै