काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत वेस्टइन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला पहिला बय्टिंग गरेको वेस्टइन्डिजले ५० ओभरमा ८ विकेट गुमाउदै ३२१ रन बनाएको हो ।
वेस्टइन्डिजका लागि साइ होपले सर्वाधिक ९६ रन बनाएका थिए । त्यस्तै एविन लुइसले ७० रन बनाएर आउट भएका थिए । त्यस्तै शिमरोन हिटमेयरले २६ बलमा ५० रन बनाएका थिए । त्यस्तै कप्तान जेसन होल्डरले १५ बलमा ३३ रन बनाएका थिए । त्यस्तै डेरेन ब्राभोले १९ रन बनाए भने ओसमान थोमसले अविजित ९ रन बनाएका थिए । त्यस्तै क्रिस गेल र आन्द्रे रसेल शुन्य रनमा आउट भएका थिए ।
त्यस्तै बंगलादेशका बलर मोहमद सैफुद्धीन र मुस्ताफिजुर रहमानले ३-३ विकेट लिएका थिए भने शकिब अल हसनले २ विकेट लिएका थिए ।
प्रतियोगितामा वेस्टइन्डिज र बंगलादेश दुवै अहिलेसम्म खेलेका चार खेलमा एक जित, २ हार र एक बराबरी (बर्षाले रद्ध) सहित ३-३ अंक हासिल गरेका छन् ।