• २०८१ बैशाख १३ बिहीबार

बझाङ जीप दुर्घटनाका सबै मृतकको सनाखत

kharibot

बझाङ । जीप दुर्घटनामा परी मृत्यु हुने नौ जनाको सनाखत भएको छ ।

सदरमुकाम चैनपुर नजीकै रहेको डुङरीबाट मष्टा गाउँपालिका जाँदै गरेको से१ज १०७२ नंको जीप वडा नं १ डौँठी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा मष्टाका कलकबहादुर खड्का र उहाँका छोरा, जुनधारा खड्का, नैन खड्का, धौली खड्का, जुना खड्का, भक्त द्वाल, चालक सुरेन्द्र थापा र लक्ष्मी द्वाल रहेका वडा प्रहरी कार्यालय चैनपुरका नायब निरीक्षक महानन्द जोशीले जानकारी दिए ।  

घटनास्थलमा खटिनुभएका स्थानीयवासी रामचन्द्र रोकायाका अनुसार घाइतेको उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने काम भइरहेको छ । मौसम खराब रहेका कारण हेलिकोप्टर उड्न नसकेको बताइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै