जी–२० सम्मेलनमा ट्रम्प र पुटिनबीच संक्षिप्त भेटवार्ता हुने

खरीबोट

मस्को । आगामी साता जापानको ओसाकामा हुने जी–२० समूह राष्ट्रहरूको शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने कार्यक्रम तय भएको सोमबार रूसी प्रशासन केन्द्र क्रेमलिनले जानकारी गराएको छ ।

जी–२० समूहको दुई दिने सम्मेलन यही जुन २८ का लागि तय भएको छ । 

पुटिनका प्रवक्ता दिमित्री पेश्कोभले भने, “वासिङ्टनले बिस्तृतरूपमा भेटवार्ता, छलफल र विचारविमर्श गर्न ओसाका सम्मेलनमा आवश्यक तयारी नपुगेका जनाएकाले दुई शक्तिशाली नेताहरूबीच औपचारिक भेटवार्ता हुने कार्यक्रम नरहेपनि सम्मेलनको अवसरमा संक्षिप्त भेटवार्ता भने हुनेछ ।” 

उनले भने, “ओसाकामा दुई नेताबीच औपचारिक भेटवार्ता हुने बारे समाचारहरू आएका छन् तर उहाँहरूबीच संक्षिप्त भेट मात्र हुनेछ ।”

“अमेरिकी पक्षले अझै शिखर नेतृत्वबीचको औपचारिक भेटवार्ताका लागि आवश्यक तयारी नपुगेको जनाएको छ ।”

पेश्कोभले भने, “उहाँहरू (ट्रम्प र पुटिन)बीच संक्षिप्त भेटका लागि कसैले विमति नराखेको भएपनि उहाँहरूबीच विस्तृत विचारविमर्श भने अन्य कुनै अनुकुल समयमा हुनेछ ।”

अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनसँग जी–ट्वन्टी सम्मेलनको अवसरमा भेट हुने सम्भावना रहेको गत हप्ता बताएपनि ट्रम्पसँगको भेटमा अन्य कोही प्रतिनिधिपनि राखिने छ किनकि तपाई (पत्रकार) हरूले कुनै कुरा विश्वास गर्नुहुन्न । 

अमेरिकी राष्ट्रपतिले गत महिना ओसाका सम्मेलनमा पुटिनसँग भेट्ने बताएका थिए । तर क्रेमलिनले त्यतिबेला दुईपक्षीय भेटका लागि कुनै सहमति भै नसकेको सङ्केत थियो । 

यसैबीच, अमेरिकी राष्ट्रपति ट्रम्पले मङ्गलबार सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिका लागि पुनः उम्मेदवारीको घोषणा गर्ने कार्यक्रम भएको अमेरिकी अधिकारीहरूले जनाएका छन् । 

निर्वाचनका लागि उम्मेदवारी दिएका केही दिनमा दुई नेताबीच हुने भेटवार्तालाई विश्व समुदायले विशेष चासोका रूपमा हेरेको छ । 
 

सम्बन्धित समाचार

ट्रम्पले मोदीलाई भने – यति राम्रा पत्रकार कँहाबाट ल्याउनुभयो ?

 काठमाडौँ । 'हाउडी मोदी' कार्यक्रम पछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच फेरी भेटवार्ता भएको छ । यो भेटवार्तामा ट्रम्पले पत्रकारहरुप्रति गरेको टिप्पणीका कारण चर्चामा रहेको छ

राष्ट्रपति ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया शुरु, के हो पुरा प्रकरण ?

वाशिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने प्रक्रिया शुरु भएको छ । अमेरिकी प्रतिनिधि सभाकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोगको प्रक्रिया शुरु भएको घोषणा गरेकी छन् । राष्ट्रपति ट्रम्पमाथि डेमोक्रेट

राष्ट्रसंघमा ट्रम्पले भने- भविष्य ‘विश्ववादी’को होइन, ‘देशभक्त’ को हुनेछ

संयुक्त राष्ट्रसंघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वव्यापी व्यवस्थामाथि नयाँ आक्रमण गर्दै मङ्गलबार विश्ववादीहरूले नजित्ने  बताएका छन् । राष्ट्रसंघमा सम्वोधन गर्दै उनले भने, “भविष्य विश्ववादीको नभै देशभक्तको हुनेछ ।” उनले थपे, “भविष्य

राष्ट्रपति ट्रम्प राष्ट्रसंघतर्फ प्रस्थान, अमेरिकी कार्यसूचीहरु अलपत्र

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संयुक्त राष्ट्रसंघ महासभामा भाग लिने सिलसिलामा न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपति भएदेखि नै सुल्झन बाँकी रहेका अनगिन्ती विदेश नीतिहरुको सूची राष्ट्रपति ट्रम्पसँग अझै


z