• २०८१ बैशाख ११ मंगलबार

शकिब र लिटनले बंगलादेशलाई जिताए

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशले वेस्टइन्डिजलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा बंगलादेशले वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको हो ।

वेस्टइन्डिजले दिएको ३२२ रनको लक्ष्य पछाएको बंगलादेशले ४१.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । 

बंगलादेशका लागि शकिब अल हसनले १२४ रन अविजित बनाए । शकिबले यस विश्वकपमा आफ्नो दोस्रो शतक बनाउदै ९९ बलमा १२४ रनको पारी खेलेका थिए । त्यस्तै लिटन दासले ६९ बलमा ९४ रनको महत्वपूर्ण पारी खेलेका थिए । त्यस्तै तामिम इकवालले ४८ र सौम्य सरकारले २९ रन बनाएका थिए ।

शकिब र लिटनले चौथो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए ।

यो एकदिवसीय क्रिकेटमा बंगलादेशको अहिलेसम्मकै धेरै रन चेज गरेको रेकर्ड समेत हो ।

वेस्टइन्डिजका बलर आन्द्रे रसेल र ओसमान थोमसले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला पहिला ब्याटिंग गरेको वेस्टइन्डिजले ५० ओभरमा ८ विकेट गुमाउदै ३२१ रन बनाएको थियो ।

वेस्टइन्डिजका लागि साइ होपले सर्वाधिक ९६ रन बनाएका थिए । त्यस्तै एविन लुइसले ७० रन बनाएर आउट भएका थिए । त्यस्तै शिमरोन हिटमेयरले २६ बलमा ५० रन बनाएका थिए । त्यस्तै कप्तान जेसन होल्डरले १५ बलमा ३३ रन बनाएका थिए । त्यस्तै डेरेन ब्राभोले १९ रन बनाए भने ओसमान थोमसले अविजित ९ रन बनाएका थिए । त्यस्तै क्रिस गेल र आन्द्रे रसेल शुन्य रनमा आउट भएका थिए । 

त्यस्तै बंगलादेशका बलर मोहमद सैफुद्धीन र मुस्ताफिजुर रहमानले ३-३ विकेट लिएका थिए भने शकिब अल हसनले २ विकेट लिएका थिए ।

शतकीय पारी खेलेका र २ विकेट लिएका बंगलादेशका शकिब अल हसन खेलको प्लेयर अफ द म्याच बनेका थिए ।

प्रतियोगितामा यो जित सँगै बंगलादेशको ५ खेलमा २ जित एक बराबरी र २ हार सहित ५ अंक भएकोछ भने अंक तालिकामा पाँचौ स्थानमा उक्ल्लिएको छ । त्यस्तै वेस्टइन्डिजको भने ५ खेलमा एक जित, ३ हार र एक बराबरी (बर्षाले रद्ध) सहित ३ अंक मात्र रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै