लेक लागेर एकको मृत्यु

खरीबोट

लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–१ मा रहेको पर्यटकीय एवं धार्मिक दूधपोखरी कुण्डमा घुम्न गएका अधिकारीको लेक लागेर मृत्यु भएको छ । बेँसीशहर नगरपालिका–८ का अन्दाजी ४५ वर्षीय दीपक अधिकारीको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । 

पाँच जना साथी मिलेर उक्त स्थानमा घुम्न गएको र लेक लागेर मृत्यु भएपछि प्रहरीलाई मृतकका आफन्तले दिउँसो ४ बजेतिर खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रहरीलाई खबर आएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीहरु उक्त स्थानतर्फ जाँदै गरेको छ ।

घटनास्थल टाढा, कच्ची सडक र सवारीसाधनबाट झरेपछि समेत तीन घण्टा पैदल यात्रा गरेपछि मात्रै प्रहरी पुग्ने र थप विवरण थाहा हुने निरीक्षक पाण्डेले बताए ।

प्रहरीका अनुसार घटनातर्फ जाँदै गरेका प्रहरी टोली राति करीब ११ बजेतिर उक्त स्थान पुग्ने र मङ्गलबार बिहान मात्रै बेँसीशहर ल्याउन सकिनेछ ।

सम्बन्धित समाचार

जापानमा आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुग्यो

टोकियो । जापानमा आएको ‘हागिबिस’ नामक शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।  जापानको राष्ट्रिय प्रसारण संस्था एनएचकेले सोमबार अबेर दिएको जानकारी अनुसार मृत्यु हुनेको सङ्ख्या अझ बढ्ने

करेन्ट लागेर एकको मृत्यु

तम्घास । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–६ गौरीखुट्टा बस्ने ४६ वर्षीय तुलसादेवी घिमिरेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले जानकारी

रौतहटमा अज्ञात व्यक्तिको गोली प्रहारबाट मृत्यु

रौतहट । ईशनाथ नगरपालिका ६ स्थित ठुलो घिउराको पुल नजिकै अज्ञात व्यक्तिले गोली प्रहार गर्दा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २१ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको छ ।  हाल

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ


z