• २०८१ बैशाख ८ शनिबार

इङल्याण्डका जेसन रोयले विश्वकपका कम्तिमा दुई खेल गुमाउने 

kharibot

काठमाडौँ । जारी विश्वकप क्रिकेटमा खेलाडी घाइते हुने क्रम जारी रहेको छ । यसैक्रममा आयोजक इङल्याण्डका जेसन रोय आगामी दुई खेल खेल्न नसक्ने भएका छन् ।

वेस्टइन्डिजविरुद्धको खेलमा फिल्डिङका क्रममा मांशपेशीमा समस्या भएपछि उनी घाइते भएका थिए । सो खेलमा उनले ब्याटिंग गरेका थिएनन् । विष्फोटक ओपनर ब्याट्सम्यान रोय घाइते भएपछि इङल्याण्डको चिन्ता बढेको छ । रोय अब अफगानिस्तान र श्रीलंकाविरुद्धको खेलमा खेल्न नसक्ने भएका हुन् ।

रोय खेल्न नसक्ने भएपछि उनको ठाउमा जेम्स भिन्च खेल्ने लगभग तय भएको छ । इङल्याण्डले आज अफगानिस्तानसँग खेल्दै छ भने जुन २१ मा श्रीलंकासँग खेल्दै छ । रोय आगामी जुन २५ मा अस्ट्रेलियाविरुद्ध हुने खेलसम्म फिट हुने अनुमान गरिएको छ ।

त्यस्तै इङल्याण्डका कप्तान इयोन मोर्गनसमेत घाइते भएपनि उनी खेल्न सक्ने अवस्थामा रहेको बताइएको छ ।

यस विश्वकपमा रोयले बंगलादेशविरुद्ध १५३ रन बनाएका थिए भने पाकिस्तानविरुद्ध ८ र दक्षिण अफ्रिकाविरुद्ध ५४ रन बनाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै